A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionna02v3p8l9s8j6kuidhoi8smalscpcf5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुलमा महिनावारी भए के गर्नेरु ज्ञानोदयमा डर छैन, प्याड झर्ने मेसिन छ नि

भित्तामा निला-सेता फूल भएको ठूलो बाकस छ। बाकसमा केही पुतली उडिरहेका छन्। चारवटा प्वाल छन्। प्वालभित्र रातो प्रकाश। तलपट्टि खुत्रुकेजस्तै सानो प्वाल। बाकसमाथि लेखिएको छ-महिला सशक्तीकरण। यो राजधानीको बाफलस्थित ज्ञानोदय उच्च माविको दृश्य हो। हामीले त्यहाँका विद्यार्थी सिम्रिका तामाङलाई सोध्यौं, के हो यो ? भेन्डिङ मेसिन, उनले खुत्रुकेको जस्तो प्वालमा एक रूपैयाँको सिक्का खसालिन्। मेसिनभित्र केही हलचल भयो। ख्यार्रखुर्रर आवाज आयो। एउटा स्यानिटरी प्याड फुत्त झर्यो। ‘हामी स्कुलमा महिनावारी भयौं भने यसरी नै एक रूपैयाँको सिक्का खसालेर प्याड निकाल्छौं, सिम्रिकाले भनिन्, ‘स्कुलले यो भेन्डिङ मेसिन हालेदेखि सजिलो भएको छ। ज्ञानोदयले महिनावारी भएका विद्यार्थी र शिक्षिकाहरूलाई स्यानिटरी प्याड उपलब्ध गराउन तीन महिनाअघि भेन्डिङ मेसिन राखेको हो। एउटा प्याडको ६ रूपैयाँ तिर्नुपर्छ। एक रूपैयाँको सिक्का भेन्डिङ मेसिनमा खसाल्नुपर्छ भने बाँकी ५ रूपैयाँ स्कुल व्यवस्थापनलाई बुझाउनुपर्छ। यहाँ २ हजार ६ सय विद्यार्थी छन्। तीमध्ये १ हजार ३ सय छात्रा छन्। सय जना कर्मचारीमध्ये ७५ जना महिला छन्। पहिले पनि स्कुलले प्याड त दिन्थ्यो, तर म्यामहरूसँग माग्नुपर्थ्यो। हामीलाई अप्ठ्यारो लाग्थ्यो। अब त्यो झमेला छैन। चाहिएको बेला प्याड निकाल्यो। प्रयोग गर्यो,’ सिम्रिकाले भनिन्।

महिलाहरूको स्वाभाविक शारीरिक प्रक्रिया महिनावारीलाई आज पनि हाम्रो समाजले छुवाछुतको रूपमा लिन्छ। गाउँघरमा छाउगोठको चलन हराइसकेको छैन। सहरमा छाउगोठभित्रै थुन्ने चलन नहोला, तर घरको निश्चित सीमामा बाँध्ने चलन यथावत् छ। यस्तोमा सबभन्दा बढी प्रभावित हुने ६/७ कक्षाका नानीहरू हुन्, जो पहिलोचोटि महिनावारी भएका हुन्छन् वा महिनावारीको सुरूआती चरणमा हुन्छन्। मानिलिउँ ६ कक्षा पढ्ने छात्रा कक्षाकोठामा बसिरहेका बेला महिनावारी भइन् भने उनले त्यो अवस्था कसरी सामना गर्लिन्रु उनले आफ्नो शारीरिक परिवर्तन बुझेकी हुन्छिन्रु बुझेकी भए पनि एक्कासि भोग्नुपरेको अवस्थासँग जुध्न मानसिक रूपमा तयार हुन्छिन्रु त्यसका लागि चाहिने सरसफाइ सामग्री तुरून्तका तुरून्त कहाँबाट जुटाउलिन्रु झट्ट सुन्दा यो सानो समस्या देखिन सक्छ। यस्तो त सबैलाई परेकै हो नि, के आकाश खस्यो र भन्ने लाग्न सक्छरु तर, यही सानो समस्यामा हाम्रा बालिकाहरूको दीर्घकालीन शारीरिक र मानसिक विकासको मुद्दा जोडिएको छ। गाउँको त कुरै छाडौं, राजधानीकै धेरै स्कुलमा बालिकाहरूलाई महिनावारीमा साथ दिने पूर्वाधार छैन। न उनीहरूलाई मानसिक परामर्श दिइन्छ, न यो शारीरिक परिवर्तनसँग जोडिएको विज्ञान बुझाइन्छ, न त चाहिएका बेला प्याड दिइन्छ। बाफलको सामुदायिक स्कुल ज्ञानोदय मावि यसमा उदाहरणीय बनेको छ। राजधानीका कुनै पनि निजी स्कुलसँग दाँज्दा एसइईमा अब्बल नतिजा ल्याउँदै आएको ज्ञानोदयले प्याड खस्ने भेन्डिङ मेसिन राखेर आफूलाई महिनावारीमैत्री स्कुलको दर्जामा उभ्याएको छ। ज्ञानोदय प्याड मेसिन जडान गर्ने उपत्यकाकै सम्भवतस् पहिलो स्कुल हो।बाह्रदेखि १५ वर्ष उमेरका छात्रालाई ध्यानमा राखेर सुरु गरिएको यो सेवाले विद्यालयको समग्र शैक्षिक गुणस्तरमै फाइदा पुगेको प्रधानाध्यापक नातिकाजी महर्जन बताउँछन्। उनका अनुसार महिनाका ती चार-पाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्थे। यसले पढाइ त छुट्थ्यो नै, नियमित स्कुल आउने बानी पनि बिग्रन्थ्यो। ज्ञानोदय स्कुलमा निम्न आर्थिक स्तरका विद्यार्थी धेरै पढ्छन्। उनीहरूको स्यानिटरी प्याड प्रयोग गर्ने क्षमता हुँदैन। पुराना कपडा प्रयोग गर्छन्। त्यही भएर त्यस्ता छात्रा महिनावारी भइञ्जेल स्कुलबाट गयल भइदिन्छन्। भेन्डिङ मेसिन राखेर सस्तैमा प्याड उपलब्ध गराउन थालेपछि यो समस्या टरेको प्रधानाध्यापक महर्जनले बताए।

यस्तो सेवा कसरी सुरू भयो त ?

यो प्रश्नमा महर्जनले भने, हामीकहाँ पढाउने विष्णु रिमाल म्यामकी छोरी डाक्टर हुनुहुन्छ। उनीहरूको टिम स्वास्थ्य र सरसफाइ क्षेत्रमा काम गर्न धेरै विद्यार्थी भएको स्कुलको खोजीमा रहेछ। हामीसँग सम्पर्क भयो। त्यही टिमले यो भेन्डिङ मेसिन राख्ने आइडिया ल्यायो। यसअघि पनि स्कुलले प्याड उपलब्ध गराउँदै आएकोमा भेन्डिङ मेसिन राखेपछि छात्राहरूले झन् धेरै सहज मान्न थालेको उनले बताए। विद्यालयको एउटा कोठामा जडान गरिएको भेन्डिङ मेसिनले गोपनीयता राख्छ। छात्राहरूले शिक्षिकालाई भेटेर प्याड मागिरहनु पर्दैन। सँगसँगै, शिक्षिका र अन्य महिला कर्मचारी पनि लाभान्वित छन्।छात्रा लगायत स्कुलका सबै महिलाको निम्ति यति गुणकारी प्याड सित्तैमा उपलब्ध गराउन सकिन्नथ्योरु हामीले यो प्रश्न पनि सोध्यौं। प्रधानाध्यापक महर्जनले तत्काल निस्शुल्क वितरण गर्न बजेटको कमी भएको जवाफ दिए। अर्को वर्षबाट विद्यालयको बजेटमै व्यवस्था गर्न लागेका उनले छात्राहरूबाट निस्शुल्कको माग आए त्यसको निम्ति पनि आफू तयार भएको बताए।‘कतिले दुई-तीनवटा झिकेर घरमा लगे भन्ने सुन्नमा आएको छ। तर, मलाई यसमा चिन्ता छैन, उनले भने, घरमै लगेर राखे पनि के भो ररु आखिर महिनावारी हुँदा नै प्रयोग गर्ने हुन्। मुख पुछ्ने काम त गर्ने होइन। कसैले जगेडा लान खोज्छन् भने लगून् भनेको छु। दुइटा होइन, दसवटा नै लगून्। बरू अरूलाई पनि दिनुस् भनेर चेतना बढाउनुपर्ने छ। स्वास्थ्य र विज्ञान विषय पढाएका महर्जन महिनावारी बेला छात्राहरूको शारीरिक र मानसिक परिवर्तनलाई स्कुलहरूले आत्मसात् गर्नुपर्ने बताउँछन्। अहिले प्रारम्भिक चरणमा हामीले छ रूपैयाँ लिने गरेका भए पनि निस्शुल्क गर्न पैसाले छेकिन्छ जस्तो लाग्दैन, उनले भने, यसको निम्ति विभिन्न संघ-संस्थासँग मिलेर काम गर्न सकिन्छ। अहिले यो भेन्डिङ मेसिन स्कुलको अफिस कोठामै छ। छात्राहरूको निम्ति नयाँ शौचालय बनेपछि त्यहाँ सार्ने योजना रहेको उनले बताए। यति मात्र होइन, ज्ञानोदयले यो वर्ष महिनावारी स्वास्थ्य र सरसफाइसम्बन्धी सातवटा कार्यक्रम गरिसकेको छ। थप विस्तार गर्ने योजना छ। स्कुलको महिनावारीमैत्री योजनाबाट छात्राहरू दंग छन्। महिनामा चार(पाँच दिन हुने सकस स्यानिटरी प्याडले सहज बनाइदिएको उनीहरू बताउँछन्। कहिलेकाहीँ अतिरिक्त प्याड बोकेर नआउँदा स्कुलमा दुस्ख झेल्नुपर्थ्यो। माग्ने झन्झटले कक्षा बीचमै छाडेर घर जानुपर्ने अवस्था आउँथ्यो,गंगा सापकोटाले भनिन्, अहिले ढुक्क भएका छौं। अर्की छात्रा आर्या ज्ञवालीले यही मेसिनबाट प्याड झिकेर दुईपटक प्रयोग गरिसकेकी छन्। घरमै हुँदा पनि पसल गएर प्याड किन्न लजाउने उनी स्कुलमै मेसिनबाट झिक्न सहज मान्छिन्। ‘महिला नभएको मेडिकल पसलमा प्याड किन्न अफ्ठ्यारो लाग्छ। हुलमुल छ भने त माग्नै सक्दिनँ, उनले भनिन्, अहिले स्कुलमै पाएपछि सजिलो भएको छ। छात्राहरूले शारीरिक र मानसिक रूपमा सबभन्दा कमजोर महशुस गर्ने महिनावारी बेला जति सहज वातावरण दियो, उनीहरूको आत्मविश्वास उति बढ्ने र यसको प्रभाव पढाइमा पर्ने प्रधानाध्यापक महर्जन बताउँछन्। यस्तै व्यवस्था हरेक स्कुलमा लागू गर्न सरकारले नै पहल गर्नुपर्छ जस्तो लाग्छ, उनले भने।

२०७५ माघ २८ गते ८:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: