A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार मुद्दामा सजाय भुक्तान गरेका व्यक्ति बालिका बलात्कार अभियोगमा पुन : पक्राउ

साढे ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा रुकुम पूर्वका एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बालिका बलात्कारको अरोपमा पक्राउ परेका जिल्लाको सिस्ने गाउँपालिका-५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । आइतबार जिल्ला न्यायाधीश दुर्गाप्रसाद भुषालको इजलासले गौतमलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिए । घरमा खेलिरहेकी बालिकालाई कोहि नभएको मौका छोपि गौतमले गत माघ २१ गते बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । गौतम यो भन्दा अगाडि पनि जबरजस्ती करणीको मुद्दामा साढे चार वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका थिए । उनी रिहा भएको एक महिनामै बालिका बलात्कारको अरोपमा पुनः पक्राउ परेका हुन् ।

२०७५ फागुन ६ गते १०:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: