समाचारमा बालबालिका

माथिल्लो मुस्ताङका विद्यालयस् गर्मीमा लेक, जाडोमा बेँसी

जाडो याम लागेयता उपल्लो मुस्ताङकी १० कक्षाकी छात्रा पेम्वाल्हामो गुरुङ पोखरा झरेकी छन्। उनको विद्यालय पनि पोखरा सरेपछि उनलाई अध्ययन पूरा गर्न पोखरा झर्नै पर्‍यो। उनी भन्छिन्, यता पढाइ राम्रो हुन्छ। उता मुस्ताङमा जाडोमा विद्यालय खुलेपछि निकै कम विद्यार्थी मात्र पढ्न आउँछन्। एउटा प्रचलित नेपाली बालगीतमा भनिए झैँ वास्तवमा उनीहरू ूलेकका केटाकेटीू हुन्। उनीहरूको स्कूल कुहिरो भित्रू रहन्छ। हिमपात सुरु भएपछि त अझ ती स्कूल हिउँले ढाकिन्छन्। वास्तवमै उनीहरूलाई ूपढ्न र लेख्न मुस्किलू हुने गर्दछ। त्यसैले त पूरै विद्यालयलाई लेकबेँसी गराउनु पर्नु बाध्यता आइपर्‍यो। उपल्लो मुस्ताङका विद्यालय ुघुम्ती विद्यालयुमा परिणत गरिएपछि त्यस्ता विद्यालयको अवधारणा एक हिमालपारिको जिल्लाबाट अर्को हिमालपारिको जिल्लामा क्रमशस् फैलिने क्रम सुरु हुन लागिसकेको छ।

विद्यालय नै बेँसी झार्ने उपाय किन निकालियो ?
मुस्ताङ र मनाङलाई हिमालपारिका जिल्ला पनि भनिन्छ। खासगरी उपल्लो मुस्ताङका विद्यार्थीहरू आफ्नो पठनपाठन अघि बढाउन आज पनि घुमन्ते अवस्थामै रहन बाध्य भएका छन् भन्दा पत्यार नलाग्न सक्छ। तर यो वास्तविकता हो। केही समययता त्यस क्षेत्रका विद्यालयहरू जाडो छल्नकै लागि पोखरा झार्न थालिएको छ। जाडोभरि पोखरामा सञ्चालन गरिने विद्यालयलाई घुम्ती विद्यालय नामाकरण गरिएको छ। 

घुम्ती विद्यालयको अवधारणा कस्ले अघि सार्‍यो ?

गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्टले सबभन्दा पहिला घुम्ती विद्यालयको अवधारणा अघि सारेका थिए। उनी आफैँ उपल्लो मुस्ताङबासी भएकाले त्यताका बालबालिका र अभिभावकको मर्का बुझ्ने नै भए। सभासद् बिष्ट कुनै बेला राष्ट्रिय निम्न माध्यमिक विद्यालयको अध्यक्ष थिए। त्यतिबेला शिक्षाको स्तर किन कमजोर भयो भनेर अध्ययन गर्दा उनले दुई तीन वटा कारण पत्ता लगाए। त्यही क्रममा उनले शिक्षाको गुणस्तर सुधार्ने गर्ने एउटा उपाए पहिल्याए। त्यो थियो घुम्ती विद्यालयहरूको स्थापना गर्नु। उनका अनुसार हिमाली क्षेत्रका विद्यालयको शिक्षाको गुणस्तर राम्रो नहुने अर्को कारण हो स्थानीय शिक्षक नहुनु। मुस्ताङका सबैजसो शिक्षकहरु दक्षिणतिरका कास्की, पर्वत र अन्य जिल्लाका हुन्छन्। उनीहरू दशैँ लागेपछि घर जान्छन्।तिहारसँगै जाडो सुरु हुने हुँदा मुस्ताङका विद्यालयहरू असोजदेखि फागुनसम्म पठनपाठन बन्द गर्न बाध्य भए। बिष्टले त्यही समस्याको हल गर्न २०६१ सालमा घुम्ती विद्यालयको रूपमा राष्ट्रिय निमाविलाई पहिलो पटक पोखरामा अस्थायी स्थानान्तरण गराए।त्यसको सिको गर्दै अरू विद्यालयहरू पनि क्रमशस् पोखरा झर्न थाले।

२०७५ फागुन ५ गते प्रकाशित