A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9ti0ade4rujjqvhgbddvjrocp03qd5ok): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिकामा क्रिकेट क्रेज बढ्दै

केही दिनअघि सदरमुकाम मलंगवास्थित जीर्ण रंगशाला (कभर्डहल) पुग्दा १२ जना ससाना बालबालिका क्रिकेट खेलिरहेका भेटिए। छेउमा टेबुलमाथि साना दुईवटा कप अनि ६ वटा गोल्ड र ६ वटै सिल्भर मेडल पनि राखेका थिए उनीहरूले। मलंगवा नगरपालिका वडा नं। २ स्थित एउटै टोलका ८ देखि १२ वर्षका उनीहरू ६–६ जनाको टिम बनाएर क्रिकेट खेलिरहेका थिए। ‘एक जनासँग २५ रुपैयाँ उठाएर कप र मेडल किनेका हौं’, एउटा टिमका कप्तान १२ वर्षीय कृष्ण राउतले नागरिकसँग भने, आज स्कुल बिदाको दिन भएकाले म्याच खेलेका हौं, शनिबार र सार्वजनिक बिदाको दिन हामी यसरी नै पैसा उठाएर म्याच खेल्ने गरेका छौं। १० ओभरको खेलमा यो पंक्तिकार पुग्दा विशाल यादवको टिमले ९ ओभरमा अलआउट हुँदै ४९ रन जोडेर कृष्णको टिमलाई ५० रनको लक्ष्यसहित ब्याटिङको निम्तो दिएको थियो। ‘१० ओभरको खेलमा ४९ रन बनाउन सक्यौं,’ पहिला ब्याटिङ गरेको टिमका कप्तान विशालले उत्साहित हुँदै भने, ‘अब उनीहरूलाई ४० रनमै समेट्ने लक्ष्य राखेका छौं।’अर्को टिमका कप्तान कृष्ण पनि के कम, छेउमै रहेको कप र मेडलतिर हेर्दै थपे, ‘हामी जसरी पनि ५० रन हासिल गरेर प्रथम कप उचाल्ने गरी खेल्नेछौं।’प्रतियोगितामा सहभागी १२ जनाले नै क्रिकेटबाहेक आफूहरूलाई अन्य कुनै खेल मन नपर्ने बताए। ‘पढाइलेखाइबाहेक हाम्रो ध्यान क्रिकेटमै हुन्छ,’ ८ वर्षीय राजा राउतले भने, ‘ठूलो भएपछि भारतका महेन्द्रसिंह धोनीजस्तै बन्छु र क्रिकेटबाटै देशको नाम चलाउँछु।’भारतीय सीमा क्षेत्र निवासी भए पनि उनीहरूमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीप्रति पनि उत्तिकै सम्मान थियो। एक टिमका कप्तान कृष्णले भने, ‘मलाई पारस खड्का एकदम मन पर्छ, उनले जस्तै खेलेर देशको लागि केही गर्ने इच्छा छ।’ अर्का टिमका कप्तान १२ वर्षीय विशालले भने आफूलाई सन्दीप लामिछाने साह्रै मन पर्ने सुनाए। उनले थपे, ‘इन्डियन प्रिमियर लिगसहित देशविदेशमा समेत नाम कमाएका सन्दीप लामिछानेजस्तै बन्ने प्रयासमा छु।

सर्लाही क्रिकेट संघका उपाध्यक्ष निरोज कार्कीले पछिल्लो समय क्रिकेटको क्रेज तल्लो तहसम्म बढेको बताए। पछिल्लो समय क्रिकेटको क्रेज गाउँगाउँका बालबालिकासम्म बढेको छ, आफ्नै खर्चमा मुङ्ग्राको भरमा टोलटोलमा क्रिकेट खेलिरहेको देखिन्छ’, कार्कीले भने, तर राज्यको लगानी अझै पनि तल्लो तहसम्म पुग्न सकेको छैन।’ पछिल्लो समय नेपाली क्रिकेटले सफलता हासिल गर्दै गए पनि देशभरिमा ११ जना मात्र क्रिकेटको प्रशिक्षक रहनु र राज्यको तर्फबाट तल्लो तहसम्म उमेरसमूहमै खेलाडी उत्पादन गर्ने संरचना हुनु विडम्बना भएको कार्कीको दुःखेसो थियो। राज्यको लगानीअनुसार फुटबलको तुलनामा क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा ठूलो छलाङ्ग मारिसकेको छ। व्यक्तिगत रूपमा खेलाडीहरूले समेत देशविदेशमा आफ्नो मात्र हैन नेपालकै चर्चा चलाइसकेका छन्। नेपाली क्रिकेट टोलीले केही दिनअघि मात्र एकदिवसीय र ट्वान्टी–२० प्रतियोगितामा युएईलाई समेत पराजित गरेर शृंखला कब्जा गरेको थियो। अभिभावकसँग रोइकराइ गरेर २५ रुपैयाँ उठाउँदै म्याच खेल्ने यस्ता बालबालिकालाई बेलैमा राज्यको लगानी हुने हो भने क्रिकेटमा नेपालले अझ राम्रो गर्ने त छ नै, पारस खड्का, सन्दीप लामिछानेको उत्तराधिकारी पनि छ्यासछ्यासती उत्पादन हुने देखिन्छ।

२०७५ फागुन ५ गते १०:४९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: