A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हेलिकोप्टर चार्टर गरेर बाल विवाह १ प्रहरीले नै दियो सुरक्षा

शनिबार दिउँसो पौने १२ बजे धनुषाको कमला नगरपालिका –४, बल्हासघारास्थित भर्खरै धान काटिएको खेतमा रातो हेलिकोप्टर अवतरण भयो । पहिल्यैदेखि चर्चाको विषय भएर हुनसक्छ, हेलिकोप्टर हेर्न चारैतिरबाट करिब हजारबढीको संख्यामा सर्वसाधारण भेला भएका थिए । उक्त हेलिकोप्टरबाट विवाहका लागि सजिएका एक किशोर बाहिरिए । उनीसँगै अन्य तीनजना पनि थिए जो जन्तीको रुपमा आएका रहेछन् । हेलिकोप्टर अवतरण हुनु अगावै करिब दुईदर्जन जीप ९साना सवारीसाधन० मा जन्तीहरु आइपुगेका थिए । त्यहाँ भएको भीडमा दुईवटा चासो थियो, ‘जिल्लामै पहिलो पटक सुनिएको हेलिकोप्टर चढेर आउने दुलाहा कस्ता रहेछन् रु र, हेलिकोप्टर कसरी अवतरण हुँदो हो रु’स्थानीय सर्वसधारणको लागि हेलिकोप्टरमा जन्ती आउँदा नयाँ अनुभव होला । एकमात्र छोरीको विवाह गाउँमै फरक शैलीमा गर्न चाहेका बेहुलीका बाबुलाई सन्तुष्टी र गौरव अनुभूति भएको हुनसक्छ । तर, यहाँ कानुन र कानुन कार्यान्वयन गर्ने निकायको भूमिकाबारेमा भने प्रश्न उठेको छ । बल्हासघाराका सतार कबारी पेशाले निजी विद्यालय सञ्चालक हुन्, सोही विद्यालयका शिक्षक पनि । उनकी एकमात्र छोरी सवनम भर्खर १६ वर्षकी भइन् । तिनै छोरीको विवाह राष्ट्रिय स्तरमा चर्चाको विषय बनोस् भन्ने बावुको इच्छाका कारण सतारले आफ्नै तर्फबाट हेली चार्टर गरिदिएर हुनेवाला ज्वाइँलाई जन्तीसहित आफ्नो घरसम्म आउने प्रबन्ध गरेका रहेछन् । सतारको चाहना पूरा पनि भयो । गाउँमा चर्चा पनि भयो । वैवाहिक भोजमा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले के बुझे र के गरी फर्के  त ? दिउँसो पौने १२ बजे अवतरण भएको हेली अपराह्न पौने चार बजे सिरहा, सुखीपुर नगरपालिकास्थित लर्कन्हा ९बेहुलाको घर० का लागि उडेको थियो । त्यतिन्जेल स्थानीय बल्हा प्रहरी चौकीका इन्चार्ज असइ गणेश दनुवारको कमान्डमा दुईजना र दुब्बरकोट सशस्त्र प्रहरी वेश क्याम्पका वरिष्ठ हवल्दार रंजीत दनुवार कमान्डमा दुईजना रहेको अर्को टोलीले हेलीको सुरक्षा दिएको थियो ।

करिब १८ वर्षका बेहुला र १६ वर्षीया बेहुली दुवै नेपालको कानुनअनुसार विवाहका लागि अयोग्य हो । यस्ता उमेर नपुगेका केटा वा केटीको धेरै विवाह धनुषा प्रहरीले पनि रोकेको दाबी गर्छ । तर, बल्हासघाराको त्यो विवाहमा हेलीकै पछाडि लागेर दुई सुरक्षा निकायका प्रहरी पनि मुकदर्शक बन्न पुग्यो ।
शनिबार बल्हासघारामा विवाह भएको बेहुला सम्साद भर्खरै जनकपुरस्थित मोडेल मल्टिपल कलेजबाट १२ कक्षाको परीक्षा दिएका छन् भने बेहुली गाउँकै विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन् । “बुर्कामा अनुहार हेर्न पाइएन तर यसो हेर्दा केटी ठूलै जस्तो लागेको थियो । केटाको अनुहारले भने कलिलोपन देखिइरहेको थियो,” स्थानीय चौकीका असइ दनुवारले बाह्रखरीसँग भने, “त्यहाँका वडा अध्यक्ष ९कमला –४० पल्टु कबारीजी पनि हुनुहुन्थ्यो । नेताहरु पनि भएपछि मैले उमेरको खासै ध्यान दिइन । हुन त बालविवाह कानुनी हिसाबले अपराध हो रहेछ ।”गाउँ ठाउँमा हेलिकोप्टर आएपछि हेर्नेको भीड लाग्ने भएर कुनै असुरक्षाको अवस्था नहोस् भन्ने हेतुले निःस्वार्थ भावले सुरक्षा दिए पनि विवाह भएका केटा र केटीको उमेरबारे खासै ध्यान नदिएको असइ दनुवारको भनाइ छ ।यता, सशस्त्र प्रहरीका वेश इन्चार्ज इन्स्पेक्टर शम्भु कटुवालले विवाहको वारेमा आफुलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए । “ड्यूटीमा खटेको टोलीले बल्हासघारामा हेली ल्यान्ड भएको सुनाएपछि को आएका रहेछन् भन्ने बुझ्न पठाएका थियौं,” उनले भने, “वैवाहिक कार्यक्रममा बेहुलालाई लिएर आएको खबर प्राप्त भएपछि हेलीको सुरक्षामा बसिदिनु भनेको हो । विवाहका लागि केटा र केटीको उमेर पुगे नपुगेको हाम्रो सरोकारको कुरै भएन नि १”धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले २० वर्ष मुनि कुनै बहानामा विवाह गर्न र गराउने हक कसैको नरहेको बताउँदै त्यस्तो गर्ने र गराउने दुवैलाई पक्राउ गरी कारबाही गर्नुपर्ने बताए । “समाचार लेख्नु अघि मलाई खबर गर्नुपथ्र्यो नि त १,” प्रजिअ कँडेलले बाह्रखरीसँग भने, “हामीलाई थाहै भएन, समयमा जानकारी प्राप्त भएको भए विवाह रोकिन्थ्यो ।”प्रहरीले सुरक्षा दिएको विषयमा उनले भने, “मलाई थाहा भएन । अहिले नै दुवै प्रहरीका एसपीसँग यसबारेमा कुरा गर्छु ।

२०७६ मङ्सिर ८ गते १:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: