A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnsa6br0b3puaklvuq2is0lu8d68up7ee): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमै सेनेटरी प्याड मेसिन

डिलाशैनी गाउँपालिका–३ महादेव मावि पङसेरामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान भएको छ। महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले बताए। सेनेटरी प्याड प्रयोग गर्ने महिलाले मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जल श्रोत व्यवस्थापन परियोजनाका जल श्रोत अधिकृत पूर्णबहादुर चन्दले बताए। डिलाशैनी गाउँपालिका, ग्रामीण जल श्रोत व्यवस्थापन परियोजना र अनिरुद्र ग्रामीण सुधार केन्द्रको संयुक्त लगानीमा मेसिन जडान गरिएको हो। मेसिन जडान गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी रानाले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला छाड्नपर्ने किशोरीहरूको बाध्यता हट्ने बताइन्। उनले भनिन् ‘सेनेटरी प्याड र महिला शौचालय नभएकै कारण महिनाको चार दिन छात्राहरूले विद्यालय छोड्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हटेको छ। यसले छात्राहरू नियमित विद्यालय आउने वातावरण बन्ने मैले विश्वास गरेकी छु।’

सेनेटरी प्याडको व्यवस्था नहुनु, उचित शौचालयको व्यवस्था नहुनुले छात्राहरू महिनावारी भएका बेला अनुपस्थित हुने गरेको विद्यालयकी प्रधानाध्यापक आशा पालले बताइन्। उनले भनिन् ‘हाम्रो विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको अलगै छात्रा शौचालय पनि छ। सेनेटरी प्याड मेसिन पनि हामीले जडान गरिसकेका छौं। यसले छात्राहरू नियमित रुपमा आउन सहयोग हुनेछ।’मेसिन जडानसँगै सबै छात्रा र शिक्षिकाहरूलाई स्मार्ट कार्ड पनि वितरण गरिएको छ। बैतडीमा पहिलोपटक सेनेटरी प्याड मेसिन जडान गरिएको हो। विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन्। ‘मेसिन जडानले हाम्रो महिनावारीलाई सहज बनाउनेछ। महिनावारी हुँदा विद्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य भएको छ’, कक्षा १० की छात्रा रबीना पालले भनिन् ‘यो सुविधा सबै ठाउँमा पुगे राम्रो हुन्थ्यो।’सेनेटरी प्याड मेसिन खरिद गर्न एकलाख १५ हजार रुपैयाँ खर्च भएको छ भने, १४ लाख लागतमा सेनेटरी प्याड व्यवस्थापन सहितको छात्रा शौचालय पनि निर्माण गरिएको छ।

२०७६ मङ्सिर ४ गते १२:०४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: