A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionn9v3ltm5po967jug74g44h3kpard99th): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुलमै खाजा, ‘ड्रपआउट’ शून्य

दिवाखाजाको व्यवस्था गरिएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शतप्रतिशत बालबालिका स्कुल जान थालेका छन् । भर्ना भएर नियमित स्कुल आउन थालेपछि प्राथमिक तहका विद्यालयमा ‘ड्रपआउट’ शून्यमा झरेको छ । बीचमा नै छाड्ने प्रवृति पनि शतप्रतिशत घटेको छ,’ आमभञ्ज्याङस्थित सरस्वती प्राविका प्रधानाध्यापक चतुर्भुज पौडेलले भने, ‘पहिले भर्ना हुने तर बीचमै छोडिदिने गर्थे, अहिले त्यस्तो छैन । उक्त प्राविमा गत शैक्षिक सत्रमा ४८ जना विद्यार्थी भर्ना भएका थिए । नियमित स्कुल आउनेको संख्या ३२ थियो । यो शैक्षिक सत्रदेखि दिवाखाजा व्यवस्था गरिएपछि नयाँ र पुराना गरी ७७ जना विद्यार्थी भर्ना भएको प्रधानाध्यापक पौडेलले बताए । यहाँ अधिकांश बालबालिका तामाङ समुदायका छन् । मकवानपुरगढी गाउँपालिका–५ मानेडाँडास्थित मञ्जुश्री प्राविमा पनि दिवाखाजाको प्रभाव परेको छ । तीन कक्षासम्म पढाइ हुने स्कुलमा पहिले २५ जना विद्यार्थी थिए, अहिले संख्या दोब्बर भएको छ । ‘एक–दुई कक्षा पढेर छोडेकाहरू पनि आउने गरेका छन्,’ प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले भने, ‘अहिले ५१ जना विद्यार्थी नियमित आइरहेका छन् ।’विद्यार्थी संख्या नपुगेर ‘मर्ज’ गर्नुपर्ने अवस्थामा पुगेको उज्जवल प्राविमा पनि विद्यार्थी संख्या बढेको छ । खाजाको व्यवस्था हुनुअघि २० जना विद्यार्थी रहेका थिए । अहिले ४० जना नियमित आउँछन् । प्रधानाध्यापक सीता न्यौपानेले भनिन्, ‘दिवाखाजाको व्यवस्था थिएन भने यहाँ अहिले पढ्न आएका अधिकांश बालबालिकाले स्कुलको अनुहारसम्म देख्ने थिएनन् ।’हेटौडा उपमहानगरपालिकासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाले चालू शैक्षिक सत्रदेखि गाउँपालिकाभित्रका ४० वटा प्रावि तहका बालबालिकाहरूलाई दिवाखाजाको व्यवस्था गरेको छ । ‘३ हजार ५ सय ५० विद्यार्थीलाई दैनिक १५ रुपैयाँको दरले खाजाको व्यवस्था गरेका छौं, गाउँपालिका अध्यक्ष विदुर हुमागाईले भने । अहिले विद्यार्थीको स्वास्थ्यमा पनि फरक देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विदुर लामिछाने बताउँछन् । ‘स्थानीय रूपमा उत्पादित र गुणस्तरयुक्त खाजा हुने भएकाले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको देखिन्छ,’ उनले भने, ‘जंकफुडलाई पूर्ण रूपमा निषेध गरेका छौं ।’ मकवानपुरका १० स्थानीय तहमध्ये मकवानपुरगढी गाउँपालिको मात्र यस्तो व्यवस्था गरेको हो । यसका लागि चालू आवमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष हुमागाईले जानकारी दिए।

२०७६  मङ्सिर १ गते ८:२२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: