A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गर्भपतन बढेको बढ्यै

ज्यानै जोखिममा राखेर अनिच्छुक गर्भपतन गराउने किसोरीको संख्या यस जिल्लामा वर्षेनी बढ्दो छ । कानुनले २० वर्षमुनीका युवतीलाई विवाहमा रोक लगाएको भए पनि गर्भपतन गराउनेमा किशोरी नै बढी छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा १ हजार २ सय ५३ गर्भवतीले अनिच्छुक गर्भपतन गराए । यो संख्या अघिल्लो वर्षकोभन्दा ६५, आव ०७३/०७४ माभन्दा ८७ र आव ०७२/०७३ को भन्दा १ सय ५३ ले बढी हो । गर्भपतन गराउनेमध्ये ८० प्रतिशत २०–२५ वर्ष उमेर समूहका, १० प्रतिशत २५–४० र ३ प्रतिशत ४० वर्ष उमेर काटेका र करिब ८ प्रतिशत २० वर्षमुनिका छन् । गत वर्ष औषधि सेवन गरी १ हजार १ सय ९० र अप्रेसनगरी ७३ जनाले गर्भपतन गराएका हुन् । गर्भपतन गर्नेमध्ये बेनीमा ५ सय २९ जनाले औषधि र ७३ जनाको अप्रेसन भएको थियो । बेनीमा बाहेक अन्यत्र सर्जिकल सुविधा छैन । गत वर्ष २० वर्ष मुनिका ७५ जनाले गर्भपतन गराएको कार्यालयले जनाएको छ । अप्ठेरो परिस्थितिमा मात्र १२ सातासम्मको अनिच्छुक गर्भ सूचीकृत र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन गराउन पाइने कानुनी व्यवस्था छ । तर यसको गलत अभ्यास गर्दै कलिला किशोरी तथा युवतीले गर्भपतनलाई परिवार नियोजनको साधनको रूपमा प्रयोग गरिरहेको सरोकारवालाले बताएका छन् । बलात्कार वा सामाजिक तथा परिवारको कररबलपूर्वक अनिच्छुक गर्भधारण गरेका महिलाको स्वास्थ्य तथा सामाजिक मर्यादालाई कायम राख्न गर्भपतनलाई महिला अधिकारसँग जोडिएको हो । तर पछिल्लो पुस्ताले गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा उपयोग गरिरहेको देखिएको छ । ‘गर्भपतनले महिलाको पाठेघर स्वास्थ्यमा गम्भीर असर पार्छ’, सुरक्षित गर्भपतनसम्बन्धी सरकारी स्वास्थ्य संस्थामा सहयोग गर्दै आएको आइपास नेपालकी जिल्ला प्रमुख थमकुमारी कुँवरले भनिन्, ‘परिवार नियोजनका साधन नै अनिच्छुक गर्भ रोक्ने पहिलो उपाय हो । तर अनिच्छुक गर्भ भइहालेमा भने तालिमप्राप्त र सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनु सुरक्षित हुन्छ ।’ आइपासका अनुसार जिल्लामा सूचीकृत स्वास्थ्य चौकीमा पुगेर गर्भपतन गराउनेको हाराहारीमै औषधि पसल तथा अन्य विधिबाट असुरक्षित गर्भपतन गराउनेको संख्या रहेको छ । बेनी अस्पतालमा मात्र गत आवमा ५५ गर्भवती जटिल समस्या लिएर फर्किएका थिए ।अवैध क्लिनिकमा पुगेर पाठेघर सफा गर्नेको संख्या पनि धेरै रहेको अनुमान छ । जिल्ला अस्पतालसमेत गरी १४ सुरक्षित गर्भपतन केन्द्र छन् । तर सबैमा तालिम प्राप्त स्वास्थ्यकर्मी भने छैनन् । ‘१५–१६ बर्षकै उमेरमा गर्भपतन गर्न आउनेको संख्या ५ प्रतिशत छ । गर्भपतन गर्न वैधानिक संस्था रोजेकाले यी किशोरीहरू बालविवाहबाट पीडित हुन्,’ बेनी अस्पतालमा सुरक्षित गर्भपतन सेवा हेर्ने संयोजक रविना पुनले भनिन्, ‘सुरक्षित गर्भपतन सेवा दुरुपयोग हुन थालेको छ । कार्यालयको अभिलेखअनुसार ९ साताभित्रको गर्भ बढी र बाँकीले १२ साताभित्रको गर्भपतन गराएका हुन् । जिल्ला अस्पतालबाहेक, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, ताकम, लुलाङ, अर्मन, ज्यामरुककोट, भकिम्ली, शिख, भू–तातोपानी, भगवती, पिप्ले, पाखापानी, सिंगा स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन र सुत्केरी सेवा उपलब्ध छ । जिल्ला अस्पताल बेनीबाट गर्भपतन एवं सुत्केरी सेवा लिन पर्वतको धाइरिङ, शालिजा, लेखफाँट, बाँसखर्क र माझाफाँटलगायत क्षेत्रबाट पनि सेवाग्राही आउने गर्छन् । ‘दुर्गमका स्वास्थ्य चौकीमा समेत गर्भपतन गर्ने संख्या ठूलो छ,’ संयोजक रविना पुनले भनिन्, ‘वैदेशिक रोजगारीबाट फर्केपछि तत्काल गर्भनिरोधक साधनको प्रयोग नहुनु समस्या हो । यौन स्वच्छन्दता र नियोजनका साधन प्रयोगमा लापरबाही पनि बढी छ ।

२०७६ कात्तिक २९ गते १०:१२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: