A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई आफन्तबाटै डर

हेटौंडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बाले छिमेकीको घरमा आश्रय लिएर बसेकी ८ वर्षीया बालिकालाई कात्तिक १७ गते बलात्कार गरे । ती बालिका रुम्बाकी छोरीसँग खेल्न आएकी थिइन् । भोगटे खान दिन्छु भनेर फकाएर कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । उपचारका लागि पीडित बालिकालाई हेटौंडा अस्पताल हुँदै भरतपुर पुर्‍याइयो । ‘अहिले उनी पुरुष देख्नेबितिक्कै डराउँछिन्,’ माइती नेपाल हेटौंडा शाखाकी प्रमुख माया लामाले भनिन्, ‘उनी अझै विक्षिप्त अवस्थामै छिन् ।’ बलात्कारमा संलग्न रुम्बालाई पक्राउ गरी प्रहरीले कानुनी कारबाही अगाडि बढाएको छ । भीमफेदी गाउँपालिकास्थित इपापञ्चकन्याकी १४ वर्षीया बालिकालाई २८ वर्षका प्रेम थिङले बलात्कार गरे । थिङ नाताले बालिकाका फुपाजु हुन् । यस्तै, वाग्मती गाउँपालिका राईगाउँ—१ का २२ वर्षीय रामबहादुर विकले रक्सीको उन्मादमा साढे ८ वर्षर्यीा बालिकालाई बलात्कार गरे । त्यति मात्र होइन, आफ्नै बाबुले समेत चार वर्षकी बालिकालाई पटकपटक बलात्कार गरेको घटना बाहिरिएको छ । बालिकाले शिक्षकलाई भनेपछि बाबु पक्राउ परिसकेका छन् । यी घटनाले देखाउँछ, बलात्कारका अधिकांश घटनामा नातेदार र छिमेकी नै संलग्न छन् । ‘सहरमा कुसंगत र अपराधी मनोवृत्तिका कारण बालिका बलात्कृत भएका छन् भने गाउँमा अभिभावकको हेरविचारमा कमी, चेतनाको अभाव तथा गरिबीले अन्जान बालिका बलात्कारको सिकार हुन पुगेका हुन्,’ जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी नायव निरीक्षक ताराचन्द भट्टराईले भने । मकवानपुरमा चार महिनाको अवधिमा भएका १२ वटा बलात्कारका घटनामा नौ बालिका बलात्कृत भएका छन् । चार वर्षदेखि १६ वर्षसम्मका अधिकांश बालिका छिमेकी र आफन्तबाट पीडित बनेको पाइएको छ ।मादक पदार्थ सेवन, मोबाइलको दुरुपयोग, सहरिया शैलीका कारण बालिकाहरू बलात्कारमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंहले बताए । ‘आपराधिक मनोवृत्ति, मादक पदार्थ सेवन र उनीहरूमा चढेको यौनउन्मादको सिकार बालिकाहरू हुने गरेका छन्,’ उनले भने, ‘छिमेकी र आफन्तले नै विभिन्न प्रलोभनमा पारेर बलात्कार गर्ने गरेको देखिएको छ ।’गत आवमा मकवानपुरमा ३५ वटा बलात्कारका घटना भएका थिए । तीमध्ये १९ जना बालिका छन् । घटनामा संलग्न अधिकांशलाई प्रहरीले पक्राउ गरेको छ।

२०७६ मङ्सिर ६ गते ८:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: