समाचारमा बालबालिका

तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने बालकलाई कैद

तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई बिहिबार साढे एक वर्ष कैद सजाय भएको छ। जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले अभियोग दाबी पुग्ने फैसला गर्दै आरोपित किशोरलाई साढे एक वर्ष कैद र रु दुई हजार जरिवानाको फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ। गर्मी महिनामा घरको कोठा खुला राखी सुतिरहेका बेला २०७५ असोज २ गते राति घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए। बलात्कार प्रयास गर्दा पीडित रोएपछि आफूले थाहा पाएको र आरोपित फरार भएको पीडितका बुवाले बताए। उजुरी परे लगत्तै पक्राउ परेका किशोर सप्तरी जिल्ला अदालतको आदेशमा ०७५ असोज २२ गतेदेखि बालसुधार गृह बिराटनगरमा छन्।

२०७६ मङ्सिर ५ गते ८:५८ मा प्रकाशित