A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionou5tf27scidajdq5tqjba8gtpdfj2g13): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आर्थिक अभाव झेल्दै दुर्गमका विद्यालय, विद्यार्थीको संख्या समेत घट्दै

जिल्लामा रहेका अधिकांश विद्यालयहरु विभिन्न शिर्षकमा विद्यार्थीसंग पैसा उठाएर चलिरहेका छन्। करिब ६० प्रतिसत दरबन्दी कम भएका कारण यहाँका विद्यालयहरुले निजी श्रोतका शिक्षकलाई तलब खुवाउन पैसा उठाउनु परिरहेको हो। पुर्वाधार र जनशक्तिको अभावमा जबरजस्त खोलिएका विद्यालयहरुमा बर्सेनी विद्यार्थी घट्ने क्रम पनि चलिरहेको छ। सरकारी विद्यालयहरुमा बर्सेनी विद्यार्थीको संख्या घट्दै गएको भए पनि घर छेउँमा आएको भनिएको स्थानीय सरकारले यो विषयमा ध्यान दिएको छैन। गतिलो पढाइका लागि भन्दै घर छेउँको स्कुल छोडेर परको विद्यालयमा जाने क्रम पनि उत्तिकै छ। निजी श्रोतमा थोरै तलबमा शिक्षक नियुक्ति गर्दा योग्य शिक्षक आउदैनन् जसले गर्दा पनि बिद्यार्र्थी र अभिभावको रोजाइमा निजी वा अन्य गतिला स्कुल पर्न थालेका हुन। जिल्लाका केहि गतिला भनिएका विद्यालयमा बिद्यार्र्थीको चाप बढिरहदा दुर्गमका स्कुलमा भने घट्दै गएका छन्। २०७२ सालमा रोल्पामा ८९ हजार ७ सय २ विद्यार्थी रहेकोमा २०७६ सालसम्म आइपुग्दा उक्त संख्या घटेर ६७ हजार ९ सय ८८ मा पुगेको छ। पढाइप्रतिको बितृष्णा, उमेर बढाएर नागरिकता बनाई विदेशिनु, गरिबीले उपत्यका तिरका ईट्टाभट्टामा मजदुरी गर्न जानु, बालबिवाह र गतिलो पढाई नहुनु विद्यार्थी घट्नुको कारण मानिएको छ। बिद्यालयमा विद्यार्थी घटेको र नियमित नभएको कारण न विद्यालयले खोजेको छ न त स्थानीय सरकाले नै चासो दिएको छ। त्यसो त स्थानीय तहहरुले शिक्षा सुधारलाई कहिल्यै प्राथमिकतामा नराखेको स्थानीयको आरोप छ।

गत शैक्षिक शत्रमा २ सय जना विद्यार्र्थी रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय दार्बोटमा यो वर्ष १ सय ८५ जना मात्र भर्ना भएका थिए। ति मध्य पनि कतिपय मजदुरीका लागि उपत्यका तिरका ईट्टाभट्टामा जाने तयारीमा छन्। ‘कतिपय ईट्टाभट्टामा जान्छन्। कोहि राम्रो पढाईको खाजीमा अन्यत्र जान्छन्।’ विद्यालयका प्रअ बलबहादुर घर्तीमगरले भने ‘बालबिवाहले पनि केही बिद्यार्र्थीको संख्या घटाएको छ।’ मासिक ४२ हजार बढी रकम निजी श्रोतका शिक्षकलाई तलबमा खर्चिनु पर्ने यहाँ चरम आर्थिक समस्या रहेको छ। रोल्पा नगरपालिका भित्र रहेको बालहित आधारभूत विद्यालयमा पनि गत शैक्षिक शत्र भन्दा यसपटक बिद्यार्थी संख्या घटेको छ। विद्यालयका प्रअ अमरबहादुर बुढामगरका अनुसार भर्ना दर घटेको मात्र नभएर नियमित विद्यालय आउनेको संख्या पनि घट्दो छ। ‘अघिल्लो शैक्षिक शत्रमा १ सय ६७ जना भर्ना भएका थिए यो वर्ष त १ सय ६४ मात्र भर्ना भएका छन्। ति पनि सबै सधै नियमित हुदैनन्।’ प्रअ बुढामगरलाई जस्तै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलबहादुर विक अभिभावकले बच्चा जन्माउन छोडेकाले समस्या आएको तर्क दिन्छन्। रोल्पामा नयाँ शैक्षिक शत्र सुरुहुने समयमा विद्यालय भर्ना भएका बालबालिका मध्य ठूलो संख्यामा विद्यार्थीहरुले बिचमै समेत विद्यालय छोड्ने गर्दछन्। चरम आर्थिक समस्याका कारण अभिभावकसंग मजदुरीमा जानेहरु र बालबिवाहले पनि बिद्यालय छोड्ने वातावरण बनिरहेको छ। कति बिद्यार्थीले बिचमा स्कुल छोडे र कति बालबालिका भर्ना नै भएनन् भन्ने आधिकारीक तथ्याङ्क भने कतै भेटिदैन। शिक्षाको सबै जिम्मेवारी पाएका स्थानीयतहसंग शैक्षिक तथ्याङ्क छैन।

२०७६ मङ्सिर १ गते, ०९: ०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: