A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionobf33acasltk4evv7aj9spidenh7afrp): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छाउ बसेकी किशोरी हराइन्

रजस्वलाका बेला छाउ बार्ने चलन कर्णाली र सुदूरपश्चिममा मात्र होइन, गण्डकी प्रदेशमा पनि छ । मुख लुकाउनुपर्ने, अरूसँग बोल्न, छोइन नहुने, आफ्नो घरधुरी अनि दाजुभाइ देख्न नहुने भन्दै रजस्वला हुँदा किशोरीलाई कोठाभित्र राख्ने चलन यहाँका केही गाउँमा छ । पहिले छुट्टै कटेरो बनाई राख्ने गरिएको थियो । अहिले छिमेकमा लुकाइन्छ । सुन्दरबजार नगरपालिका–८ बलिथुमकी १३ वर्षीया सरिता परियार मंसिर १० गते पहिलोपटक रजस्वला भइन् । उनकी आमा शर्मिलाले पैदल १५ मिनेटमा पुगिने आशिका परियारको घर पुर्‍याइन् । साँझबिहान उनी आफैंले छोरीको खाना पुर्‍याउँथिन् । १३ गते बिहान खाना पुर्‍याउँदा छोरी छिमेकीको कोठामै थिइन् । साँझ भने भेटिइनन् । आशिका पनि घरमा थिइनन् ।आशिकाले मेरी छोरी लिई हिँडिछे । यतिका दिन भयो, अहिलेसम्म पत्तो छैन,’ शर्मिलाले भनिन् । आशिकाको घरमा हजुरआमा र दुई बहिनीबाहेक अरू नरहेको शर्मिला बताउँछिन् । उनका बुबाआमा चितवन छन् । ‘मैले पनि रजस्वला बारेरै आएकी हुँ । यसरी बार्ने चलन अझै छ । आफन्तको घरमा लगेर राखियो । तर छोरी हराई,’ उनले बिलौना गरिन् । आफू घरमा नभएका बेला छोरीलाई लुकाइएको सरिताका बुबा प्रकाश परियारले बताए । ‘चलन नमानौं पनि नहुने,’ उनले भने, ‘चलन नमानेको भए छोरीलाई न अरूको घरमा लुकाउनुपर्थ्यो, न छोरी नै हराउँथी ।’बलिथुमकै भारती सदन माविमा कक्षा ७ की छात्रा सरिता १० गतेदेखि स्कुल नआएको प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले जानकारी दिए । ‘स्कुल नआउनुको कारण सोध्दा महिनावारी भएर भन्ने बुझियो,’ उनले भने, ‘यहाँका अरू बालिका तथा किशोरी पनि महिनावारीका बेला स्कुल आउन्नन् ।आफूहरूले जति सम्झाए पनि चलन हो भनेर कसैले नमानेको उनको भनाइ छ । स्थानीयका अनुसार १६ वर्षीया आशिका यसअघि पनि समयसमयमा ४र५ दिन हराइरहन्थिन् । ‘कसैले भोटेओडार, कसैले तनहुँको तुरतुरेमा देखेको भन्छन् । फर्केर आउलान् भनेर बस्यौं, तर फर्केनन्,’ शर्मिलाले भनिन् । हराएकी छोरी खोजिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय भोटेओडारमा मंगलबार निवेदन दिइएको उनले जानकारी दिइन् । मुलुकी अपराध संहिताअनुसार छाउपडी अपराध हो । महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

२०७६ मङ्सिर १८ गते ७:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: