समाचारमा बालबालिका

उमेर नपुग्दै विवाह गर्दा पढाइमा बाधा

कमलबजा र नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहेलामा कक्षा ७ मा अध्ययनरत एक छात्राको बिहे भयो । बिहेपछि उनको पढाइ वञ्चित नहोस् भनेर विद्यालयले श्रीमान्सित प्रमाणपत्र पठाइदियो । त्यसको केही दिनपछि छात्राका बुवा रामबहादु र भुलले मे री छो रीलाई विद्यालयले किन पोइल पठाइदिएको भने र झगडा नै गर्नुभयो । सोही नगरकै श्री विद्या प्रबोधिनी माविका घोडासैनकी उत्कृष्ट छात्राको पनि कक्षा ९ मा पढ्दाकै अवस्थामा बालविवाह भयो । केही महिनापछि सम्बन्ध विच्छेद भयो र मानसिक तनावले विद्यालय पनि छुट्यो । कक्षामा उनका सहपाठीले यो कुरा खासखुस गरेपछि विद्यालयकी शिक्षिका वसन्तकुमारी विष्टले खोेजे रै विद्यालयमा ल्याएर फे िर पढ्ने वातावरण बनाइदिनुभयो । ती छात्रा जेनतेन एसईई उत्तीर्ण गरेर हाल सोही विद्यालयमा ११ अध्ययन गर्दै भए पनि अझै वास्तविक उमे र २० वर्ष पुगेको छैन । अछामको कमलबजा र नगरपालिकाका धेरै विद्यालयका कक्षा कोठामा २० वर्ष नपुग्दै घ रजम गरेका धेरै छात्रछात्रा भेट्न सकिन्छ । नगरपालिकाका सबै विद्यालय बालविवाहको समस्या रहेको पाइएको छ । खासग रीग िरबी, अशिक्षा, साथीभाइको देखासिकी, धार्मिक अन्धविश्वासका का रण बालविवाह हट्न सकेको छैन । ऐन, कानुन कार्यान्वयन नहुनु, अभिभावको हेलचेक्य्राइँ र लाप रबाहीका का रण बालविवाह हुने गरेको विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरूले बताउनुभएको छ । जालपा माविका प्रधानाध्यापक जनकबहादु र भण्डा री जनचेतना जगाउने र विद्यार्थीको हक अधिका रका लागि बोल्ने भनेर विद्यालयमा गठन ग िरएका बाल क्लबका अध्यक्षले नै विवाह ग रेको अनुभव सुनाउनुहुन्छ । उहाँका अनुसा र कक्षा ८ मा पढ्ने १३, १४ वर्षका किशो रकिशो रीमा विवाहको लह रजस्तै चलेको छ । श्री विद्या प्रबोधिनी मावि घोडासैनीका प्रअ रूपानन्द उपाध्याय २० वर्षअघि नै विवाह ग रे कानुनी का रबाहीमा प िरन्छ भन्ने कु राको जानका री पाएकाले उनीहरू उमे र बढाए र भन्ने अभियानमै लागेको बताउनुहुन्छ । कक्षा ८ मा अध्ययन गर्ने घ रजम ग िरसकेका विद्यार्थी २१ वर्ष टेके भन्छन् त र भर्ना गर्दा नै उनीहरूको जन्म मिति हामीसित हुने भएकाले ढाँटेको स्पष्टै थाहा हुन्छ उहाँ भन्नुहुन्छ । खासग री यस क्षेत्रका धे रै अभिभावक छो राछो रीलाई मात्रै घ रमा छोडे र कामका लागि बाहि र जाने भएकाले पनि बालविवाह हुने क्रम निकै बढेको उहाँको भनाइ छ । चक्रेश्व री माध्यमिक विद्यालयका प्रअ काशी राम बजगार्इं साथीभाइको लहलहैमा लागे र विवाह गर्ने र विवाहपछि धे रैको नियमित पठनपाठनमा बन्द हुने ग रेको पाइएको बताउनुहुन्छ । २० वर्ष नपुगेको अवस्थामा विवाह गर्नु कानुनी हिसाबले दण्डनीय र स्वास्थ्यका हिसाबले समेत जोखिम हुन्छ भन्ने विषयमा विद्यार्थी तथा अभिभावकलाई कानुनी एवं सचेतनामूलक शिक्षा आवश्यक भएको उहाँ औँल्याउनुहुन्छ । वडाले विवाह दर्ता गर्दा कडाइ गर्ने हो भने यस खालको समस्यामा केही कमी आउन सक्ने सुझाव शिक्षकहरूको छ । सिर्जना माध्यमिक विद्यालयका प्रअ टेकबहादु र साउद सन्तानको छिटो विवाह गर्न सके आर्थिक बोझ कम हुने अभिभावकको भित्रैदेखिको धा रणाका बनेका का रण पनि बालविवाह न्यून हुन नसकेको तर्क गर्नुहुन्छ । ग िरबी मुख्य समस्या हो र अभिभावकको आर्थिक अवस्थामा सुधा र ल्याउने कार्यक्रम सञ्चालन गर्न सकिए मात्रै यसमा सुधा र हुने उहाँको विश्लेषण छ । सामाजिक समस्याका रूपमा देखिएको बालविवाह न्यूनीक रणका लागि ह रेक साता विद्यालय हातामै कार्यक्रम गर्ने ग री प्रअहरूको बैठकमा छलफल ग िरएको र अब त्यसलाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो । विद्यालयमा भएको यस खालको समस्या समाधानका लागि स्थानीय स रका रले हाल नग रका १० वटा विद्यालयमा म बालविवाह गर्दिनँ र सहपाठीलाई पनि बालविवाह नगर्न अनु रोध गर्दछु भन्ने कार्यक्रम सञ्चालन ग रेको छ । 

साथै वडाध्यक्षको संयोजकत्वमा बालविवाह न्यूनीक रण गर्न वडास्त रीय समिति गठन ग रे र काम गर्ने योजना बनाइएको नग रका उपप्रमुख भूमिश रण ढकाल बजगार्ईं बताउनुहुन्छ । स्थानीय स रका र, विद्यालय तथा अभिभावकको एकीकृत प्रयास हुन सकेको अवस्थामा यसमा सुधा र देखिने उहाँले बताउनुभयो । व िरष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली बालविवाहको कु रा समाजमा लामो समयदेखि सिको ग िरँदै आएको र यो बिस्तारै संस्कृति बन्न थालेका कारण सोचेअनुसा र नियन्त्रण हुन नसकेको बताउनुहुन्छ । ग िरबी, स्थानीय देवीदेवताप्रतिको विश्वास, बालिकाहरू छिटो महिनावा री हुन थालेका का रण पनि बालविवाह रोक्न कठिनाइ भएको उहाँको विश्लेषण छ । यस विषयमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा कक्षा ४ देखि नै विद्यालय तहको पाठ्यक्रममा बालविवाह कानुनी हिसाबले दण्डनीय छ भन्ने कुरा समावेश गर्न सकिएको अवस्थामा यसमा कमी आउने अधिवक्ता ज्ञवाली बताउनुहुन्छ।

२०७६ मंसिर २३ गते प्रकाशित