A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione934fcub5aqih9v0r8m4fsnc68sihfjm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अपहरणमा परेका बालक भारतीय सीमाजनिकै भेटिए

आइतबार दिउँसो साढे दुई बजे जिल्ला प्रहरी कार्यालय सप्तरीमा एउटा खबर आयो। सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट आमाबुवाकै आँखा अगाडिबाट एक तीन वर्षीय बालक अपहरणमा पर्‍यो। बालकलाई अपहरणकारीबाट मुक्त गरिदिनु पर्‍यो। आधा अघिमात्रै अपहरण परेको भनी सूचना आउनेबित्तिकै संवेदनशील बनेको प्रहरीले अपहरणकारीलाई घेरा हाल्ने पासो बुन्यो। बालकलाई सकुशल उद्धार गर्ने योजना अनुरुप जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाई स्वयम खटिए। बालकको खोजीमा एसपी प्रसाईसहित डिएसपी तिलक भारती, इन्स्पेक्टर प्रकाश बस्नेत, इलाका प्रहरी कार्यालय सखडाका सई र सादा पोशाकमा प्रहरीहरु व्यापकरुपमा परिचालन भए। भारतीय सीमा नाकामा रहेका प्रहरी यूनिटलाई नाकाबन्दी गरी कडाईका साथ चेकजाँच गर्न प्रहरी अह्राइयो। नेपाल-भारत सीमा क्षेत्रमा जाँच तीब्र बन्यो। निगरानीका साथ आवतजावत गर्नेहरुको खानतलासी सुरुभयो।खोजतलासका क्रममा भारतीय सीमानजिकै छिन्नमस्ता गाउँपालिका-६ कोचाबखारीस्थित खेतमा परालको कुन्यु(टाल) मा सुताइ रहेको अवस्थामा बालक सकुशल फेला पर्‍यो। फेला परेका छिन्नमस्ता गाउँपालिका-५ लोखरमका तीन वर्षीय घनश्याम साहलाई आइतबार राति आमाबुवाको जिम्मा लगाइएको छ। बालकलाई खेतको छेउमा राखी आमा लियन साह र बुवा प्रह्लाद साह धान काटिरहेका थिए। सोही समय नम्बर नखुलेको रातो रंगको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले बालकलाई मोटरसाइकल अगाडि राखी वेपत्ता भएका थिए। छोरा सकुशल फेला परेकोमा खुशी भएकी आमा लियन साहले प्रहरीको सक्रियताको प्रशंसा गरिन्। ‘अपहरणमा सतर्कतापूर्वक काम नगरे बालकको ज्यान जान सक्ने खतरा हुन्छ,’ सप्तरीका एसपी प्रसाइले  भने। सूक्ष्म तयारी र व्यापक प्रहरी परिचालन गरेकै कारण बालक सकुशल फेला परेको उनले बताए। सीमा नाकामा कडाई गरेपछि अपहरणकारीले बालक छाडेर भागेको उनको अनुमान छ। बालक फेला पारेपछि प्रहरी अहिले अपहरणकारीको खोजीमा जुटेको छ।

२०७६ मङ्सिर २३ गते १०:१३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: