समाचारमा बालबालिका

बालबिबाह आरोपमा १९ बर्षीया बेहुली र २४ बर्षीय बेहुला पक्राउ

बाल बिबाह गरेको आरोपमा प्रहरीले १९ बर्षीया बेहुली, २४ बर्षीय बेहुला र उनीहरुका अभिभावकलाई पक्राउ गरेको छ। बालबिबाह भईरहेको भन्ने उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले बुधबार बेहुला–बेहुली र उनीहरुका अभिभावकलाई नियन्त्रणमा लिएको हो। बेहुला २४ वर्षीय भुपध्वज कार्की, उनका बाबु पदमबहादुर कार्की, बेहुली १९ बर्षिया लेखाकुमारी थापा र उनका बाबु रुद्रदबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको उदयपुर प्रहरी प्रमुख वीरबहादुर बढामगरले जानकारी दिए। स्थानीय बाल क्लब, जनप्रतिनिधि र प्रहरीसमेतको रोहवरमा बधुको उमेर २० वर्ष पुगेपछि बिहे गरिदिने सहमति भएसँगै बेहुला–बेहुललाई अभिभावको जिम्मा लगाइएको छ।

२०७६ मङ्सिर २६ गते प्रकाशित