A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessions3rjfvbd4hu08nd6dbmavqj35vnebm79): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुल बसले किचेर २२ महिने बालकको मृत्यु

मोरङको बेलबारी नगरपालिका-५ रामपुरमास्कुलको बसले किचेर २२ महिने बालकको मृत्यु भएको छ। विद्यार्थी बोकेर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको बसले बुधबार विहान यसराज साहको मृत्यु भएको हो। १ ख ३०४६ नम्बरको बसको पछाडिको भागले किच्दा बालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार मटियारीबाट विद्यार्थी बोकेर विद्यालयतिर जाँदै गरेको बसले बालकलाई किचेको हो। वडाध्यक्ष विश्वबन्धु बस्नेतका अनुसार यसराजलाई घरकै आँगनमा छाडेर आमा शिवकुमारी एलकेजीमा अध्ययनरत अर्को छोरो ५ वर्षका सोनु साहलाई विद्यालय पठाउन बसमा चढाउन आएकी थिइन्। बस घरै अगाडि रोकिएको थियो। ‘आँगनमा खेलिरहेका नाबालक आमा र दाजुलाई पछ्याउँदै आएर बसको पछाडि छिरेर खेल्न थालेछन्,’ वडा अध्यक्ष बस्नेतले भने,‘नाबालक आएर बसमुनि छिरेको कोही कसैले पनि देखेनछन्।’ सोनु चढिसकेपछि विद्यालयतिर अगाडि बढेको बसले किचेर उनकै भाईको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ। बोर्डिङका प्रिसिन्सपल लोकबहादुर रोक्काले घटनापछि विद्यालयको पठनपाठन सुचारु गर्न नसकिएको बताए। ठूलो छोरालाई बोर्डिङ पठाउन आएकी आमालाई पछ्याउँदै आए पनि कसैले ख्याल नगर्दा घरै अगाडि बसले किचेर नाबालकको मृत्यु भएको उनको भनाई छ। नाबालकको शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ। बस र चालक बेलबारी नगरपालिका–६ का ४५ वर्षे डम्बरबहादुर खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

२०७६ मङ्सिर २५ गते २:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: