A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चुरे क्षेत्रका गाउँमा जंगली हात्ती आतंक, हात्तीको आक्रमणमा एक बालकको मृत्यु, एक घाइते

पछिल्लो दुई दिन यता सिरहाको चुरे क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाएको छ । सोमबार राती मिर्चैया नगरपालिका ९ पैनघट्टामा हात्ती आक्रमणमा एक बालकको मृत्यु भएपछि गाउँलेहरु त्रसित बनेका छन् ।  मिर्चैया ९ का श्रवण महतोका छोरा ८ वर्षीय रविन्द्र महतोको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो । बाबुछोरा घरमा सुतिरहेका बेला राती करिब ११ बजेतिर हात्ती आएको चाल पाएपछि छोरा बोकेर बाहिर निस्किन खोज्दा हात्तीले सुँडले खोसेर लछारपछार गरी कुल्चिंदा बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। प्रहरीका अनुसार रविन्द्रलाई हात्तीले खोसेर लछारपछार गरेपनि बाबु श्रवणले भने भागेर ज्यान जोगाएका छन् । हात्तीको आक्रमणमा बालकको मृत्यु भएपछि घटनास्थल मुचुल्का उठाई मृतकको शव शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीका अनुसार हात्तीको आक्रमणमा गोलबजार नगरपालिका १० धरमपुरका ५५ वर्षीय कंशलाल लामा घाइते भएका छन् । पिसाव फेर्न घर पछाडि बारीतिर गएका बेला सोमबार राती करिब साढे ११ बजेतिर हात्तीले सुँडले बेरेर तीन पल्ट पछारेपछि घाइते भएका लामालाई तत्काल गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार गराई थप उपचारका लागि मंगलबार बिहान विराटनगर पठाइएको प्रहरी निरीक्षक पुरीले उल्लेख गरे । जङ्गली हात्तीले गोलबजार नगरपालिका ३ मा पर्ने जमदहको मुसहरी नयाँ बस्तीमा चार  दलित परिवारको घर भत्काई दिएको छ । गोलबजार ३ का वडाध्यक्ष धनप्रसाद मोक्तानका अनुसार सोमबार राती करिब ११ बजेतिर आएको हात्तीले अशोक सदाय, बद्रीय सदाय, रामचरित्र सदाय र दिलवर सदायको पाँच वटा घर भत्काई दिएको छ । त्यस्तै, दुई वटाको संख्यामा रहेको जंगली हात्तीले  छ वटा घर भत्काउनुका साथै करिब तीन क्वीण्टल धान, सवा क्वीण्टल चामल, ३० केजी रहर र ४० केजी गहुँ खाएर नष्ट गरिदिएको धनगढीमाई १३ का वडाध्यक्ष सूर्यमान तामाङ्ले बताए । जंगली हात्तीले  धनगढीमाई १३ कुमराहाका निर्मल योञ्जन, मौगैन यादव, घिमिरे टोलका भवनाथ दाहाल, खजनपुरिया टोलका रामप्रसाद यादव र महतो टोलका विशेश्वर महतो तथा नागेश्वर महतोको घर भत्काईदिनुका साथै खाद्यान्न खाइदिएको वडाध्यक्ष तामाङले बताए । सिरहाको उत्तरी क्षेत्रमा प्रायः हरेक हिउँदमा पूर्वी भेगबाट चुरे जंगल हुँदै आउने जंगली हात्तीले स्थानीय बासिन्दाको घर भत्काईदिने, बालीनाली खाइदिने गरेको छ । लहानस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादव हात्तीको आक्रमणबाट जोगिन सजग रहनुको विकल्प नरहेको बताउँछन् । ‘संरक्षित जनावर हो, केही गर्न मिल्दैन, गाउँलेहरु मिलेर हात्ती खेद्नुको विकल्प  छैन’ सहायक वन अधिकृत यादवले भने।

२०७६ मङ्सिर २४ गते ९:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: