A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session22tn2rtd7ld6hu984pmrs51cuq68021d): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कृत ६ बर्षीया बालिका डिस्चार्ज

बाराको कलैयामा बलात्कृत ६ बर्षकी बालिकाको स्वास्थ्यमा सुधार आएको छ । हाँस्न बोल्न सक्ने भएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालले आइतबार डिस्चार्ज गरिदिएको छ । अभिभावकसँगै गढीमाई मेला हेर्न आएकी बालिका बलात्कृत भएकी थिइन् । उपचारमा संलग्न प्रसुति रोग विशेषज्ञ डा। रमिला साहका अनुसार स्वास्थ्यमा सुधार आएपछि बालिकालाई डिस्चार्ज गरिएको छ । शुरुमा आउँदा अवस्था खराब नै थियो, घाउ गहिरो थियो । मानसिक रुपमा विछिप्त,आमासँग बाहेक कसैसँग कुरा नगर्ने अवस्थामा थिइन्’ डा साहले भनिन् ‘शल्यक्रिया लगायत अन्य उपचार गर्‍यौं । अहिले अवस्था निकै राम्रो भएको छ ।’बालिकाको घाँटीमा निलो डाम देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। डिस्चार्ज भएलगत्तै प्रहरीसमेतको उपस्थितिमा अभिभावकले बालिका लिएर घर गएका छन्।

उपचार खर्च मिनाहा

भारत बिहार घर भएका बालिकाको अभिभावकको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गरेर अस्पतालले उपचारमा लागेको खर्च मिनाहा गरिदिएको छ । शल्यक्रिया शुल्क १४ हजार, रगत लगायत अन्य प्याथोलोजी जाँचको ७ हजार र बेड लगायत अन्य खर्च गरी ३६ हजार ५ सय भएको थियो । औषधी खर्चबाहेक उपचारमा लागेको अन्य सबै खर्च मिनाहा गरेको अस्पतालका अध्यक्ष डा अबुलहैस अन्सारीले जानकारी दिए ।अस्पतालमा उपचार कै क्रममा रहेकी बालिकाले अभियुक्तको पहिचान गरेकी थिइन् । त्यसैको आधारमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहको बताए। बालिकालाई न्याय दिन दायरा साँघुरो बनाउने गरी अनुसन्धान गरिरहेका छौं’ एसपी खनालले भने ‘केही प्राविधिक अनुसन्धान बाँकी छ, अनुसन्धानलाई पूर्णता दिएपछि मात्रै विस्तृत विवरण सार्वजनिक गर्छौ।

सानो छोरालाई औषधी लिन जाँदा छोरी बलात्कृत

बलात्कृत बालिकाको आमाले सानो छोराको उपचारमा जाँदा छोरीको बलात्कार भएको बताएकी छन् । अढाई वर्षको छोरा विरामी थियो । उल्टी बन्द भइरहेको थिएन । उसलाई औषधी लिन दुवैजना गएका थियौं । आधा घण्टापछि फर्केका थियौं । औषधी लिएर आउँदा छोरी त रोइरहेकी थिई’ उनले भनिन्। अभिभावकका अनुसार कलैया अस्पतालमा लगेको त्यहाँ उपचार हुन्न नारायणी लैजान भनेर सल्लाह दिए । एम्बुलेन्समा हालेर नारायणीमा उपचार शुरु गरिएको थियो। नारायणीमा ड्रेसिङ गर्‍यो त्यसपछि नेशनल मेडिकलमा पठायो। त्यहाँ कपडा बदलिदियो। त्यहाँबाट फेरि नारायणी अस्पतालमै पठायो । नारायणीबाट नै वीरगञ्ज हेल्थकेयर अस्पतालमा पठाइएको थियो।

२०७६ मङ्सिर २२ गते ८:२९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: