समाचारमा बालबालिका

आगो निभाउन गएका किशोरको जलेर मृत्यु

सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा जलेर १ जना १५ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपलिका १ ढाडाकोटका रति विक रहेको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए । काउचा झुलाकाटिया सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा लडेर आगोमा परेका थिए। उपचारका लागि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टि पुर्‍याउँदा प्रथामिक स्वास्थ्य केन्द्रमै मृत्यु भएको विकले जानकारी दिए। शनिबार बिहानबाट सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न स्थानीयसँगै उनी पनि गएका थिए।शनिबार साँझ ७ बजे मृत्यु भएको आफन्तले जानकारी दिए। शनिबार बिहानैदेखि सामुदायिक वनमा लागेको नियन्त्रणमा आएको छैन।

२०७६ मङ्सिर २२ गते १:३६ मा प्रकाशित