A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionbniafqd6knjp7spohatudcd3n898bq06): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिक्षकद्वारा विद्यार्थीमाथि अभद्र व्यवहार

शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए। शिक्षकहरुले दिउँसै मदिरा खाएर असजिलो व्यवहार गरेको भन्दै विद्यार्थीले भ्रमणबाट फर्केपछि गुनासो गरेका हुन्। हल्ला गरेपछि कारवाही गर्ने भन्दै विद्यार्थीलाई हप्काईएको भए पनि घटना विद्यालय, अभिभावक र विद्यालय व्यवस्थापन समितिसम्म पुगेको थियो।जाडो भयो भन्दै आफ्नो संवेदनशिल अंगमा हात लग्ने गरेको एक छात्राले गुनासो गरिन्। ‘सररमेडमहरु लामो समय हराउने अनि गाडिमा जाडो भएको बहानामा जहापायो त्यहीं हात राख्नेसम्म गर्नु हुन्थ्यो।’ उनले भनिन् ‘स्कूल आएपछि भ्रमणको कुरा बाहिर गरे प्रहरी लगाएर पक्राउ गर्ने धम्की पनि दिनुभयो।’‘म कहाँ गुनासो आएको थियो। विद्यार्थीलाई भ्रमणमा लगेका सर मेडमहरुले खानपिनमा केयरलेस गरेछन्। दिउँसै खाएछन्।’ विद्यालयका प्रअ रेगम जिसिले भने ‘विद्यालयमा गुनासो आएपछि छलफल गरेर मिलाएको हु।’प्रअका अनुसार शिक्षकले विद्यार्थीलाई लैङ्गीक हिंसा गरेको भने होईन। उनले विद्यालय व्यवस्थापन समिति र विद्यार्थी शिक्षकसँग बैठक बसेर कुरा मिलाएको बताए। प्रअ जिसिले भने ‘शिक्षकले गल्ती स्विकार गर्दै आत्मालोचना गरिसकेका छन्।

२०७६ मङ्सिर २९ गते १:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: