A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongl20nf8trqvfkieugn4if19fn2cc14mn): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अनि समातिए अमेरिकी बालयौन दुराचारी

बालअधिकारका लागि राष्ट्रिय अभियानका एक सदस्य तिलगंगा आँखा अस्पताल छेवैको मैदानमा साँझतिर टहलिन्थे । धुले चौरमा फुटबल र क्रिकेट खेल्ने वाग्मती तीरमा बस्ने सुकुम्बासी समुदायका बालबालिकासँग प्रत्येक दिन नयाँ फुटबल हुन्थ्यो । कहिलेकाहीँ त नयाँ जुत्ता र नयाँ ब्याट पनि हुन्थे । कमजोर आर्थिक हैसियत भएका उनीहरूसँग कहाँबाट आए ती खेल सामग्री र? एकाध दिनमै उनले थाहा पाए, एक जना विदेशी केही दिन बिराएर त्यहाँ आउँदा रहेछन् । र, ती विदेशीले खेलकुदका सामग्री दिएर बालबालिकालाई फकाउँदै आफैंसँग लिएर जाँदा रहेछन् ।एक दिन तिनले विदेशीसँग जाने ११ वर्षका दुई बालकलाई सोधे, ‘तिमीहरूलाई विदेशीले किन लैजान्छ रु’ ती सदस्यले बालकसँग सोधेको प्रश्नोत्तर समेटिएको भिडियो क्लिप कान्तिपुरलाई पनि प्राप्त भएको छ । उनको प्रश्नमा ती बालकले भनेका छन्, ‘उसको पेटमा हाम्रो हात लगेर दल्छ । अनि त्यति नै बेला आफ्नो पेन्ट खोलेर हेर्छ ।’भिडियोमा दुई बालकले थप भनेका छन्, ‘पिसाब फेर्ने ठाउँमा हाम्रो हात लगेर चलाउँछ अनि केहीबेर चलाएपछि कफी झर्‍यो भन्छ ।’ बालकहरू प्रयोग गरेर ती विदेशीले हस्तमैथुन गर्ने र वीर्य झरेपछि त्यसलाई ‘कफी’ बताउने गरेको ती बालकले बताएका छन् ।आफ्ना अरू साथीलाई समेत साँझतिर होटलमा लैजाने गरेको ती बालकले बताएका छन् । पैसा र खानेकुरा दिएर बालकहरूलाई फकाउँदै कहिले एक्लै त, कहिले दुई जना बालकलाई होटलमा लैजाने र यौनजन्य गतिविधिमा संलग्न गराउने गरेको पाइएको छ । अभियानका केही सदस्यले विदेशी नागरिकको यस्तो शंकास्पद गतिविधिबारे थाहा पाएपछि उक्त भिडियो क्लिप करिब एक महिनाअघि प्रहरी परिसर काठमाडौंलाई दिएका थिए । तर बालयौन दुराचारको घटना अनुसन्धानमा परिसरका अधिकारीले चासो नदिएपछि जघन्य अपराधको घटना सतहमा आउन पाएन ।विमानस्थल नजिकैको एक होटलमा बस्ने र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ओहोरदोहोर गर्ने ती विदेशीको संदिग्ध गतिविधिबारेको सूचना महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पुगेको थियो । कार्यालयले ती विदेशीबारे सूक्ष्म निगरानी गरेपछि केन्द्रीय अनुसन्धान ब्युरोले थप अनुसन्धान सुरु गरेको थियो ।ब्युरोले आइतबार राति सिनामंगलको मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ बाट अमेरिकन नागरिक जेसन लोएड मुडीलाई पक्राउ गरेको छ । प्रहरीले उनका कोठाबाट तीन बालबालिकाको उद्धार गरेको छ । २०१४ जुनमा पहिलो पटक नेपाल आएका जेसन २०१६ मा पुनः आएको देखिन्छ । २०१६ को अगस्टदेखि डिसेम्बरसम्म नेपाल बसेका उनी तेस्रो पटक सन् २०१७ मा नेपाल आएका थिए । २०१७ मा जनवरीदेखि मार्चसम्म नेपाल बसेका उनी पछिल्लो पटक २०१९ अगस्टदेखि यहाँ छन् ।पक्राउ परेलगत्तै जेसनले मेडिकल गर्न नमानेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी बेलबहादुर पाण्डेले बताए । ब्युरोले कोठाबाट उद्धार गरेका पीडितमध्ये एक १० वर्षीया बालिकामाथि जेसनले बलात्कार गरेको पुष्टि भएको उनको भनाइ छ । अन्य दुईमाथि पनि उनले यौन दुराचार गरेको पाइएको छ । ब्युरोले उनीबाट अन्य बालबालिका पनि दुराचारमा परेको हुन सक्नै भन्दै पीडित बालबालिकाको खोजी सुरु गरेको छ ।जेसन विश्वभाषा क्याम्पसमा नेपाली भाषा सिक्ने विद्यार्थीका रूपमा भर्ना भएका थिए । विद्यार्थीको आवरणमा बसेपछि जेसनको भित्री उद्देश्य बालबालिकालाई खानेकुरा, खेल सामग्री, पैसा दिएर फकाउनु र आफ्नो कोठामा लगेर यौनजन्य गतिविधिमा सामेल गराउनु थियो ।नेपाल प्रहरीले ०७५ सालमा मात्रै ६ विदेशी र एक नेपालीलाई बालयौन दुराचार आरोपमा पक्रिएको थियो । प्रहरीले यो वर्ष मात्रै बालयौन दुराचारको सिकार भएका २५ बालकलाई मनोसामाजिक परामर्श दिएको बताएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले भने ०७३ देखि ०७६ सम्म १४ विदेशी र उनीहरूका दुई नेपाली सहयोगीलाई बालयौन दुराचारमा संलग्न भएको आरोपमा पक्रिएको छ । यी दुराचारीबाट करिब ४० जना बालबालिका यौन शोषणमा परेको प्रहरीले जानकारी दिएको छ।

२०७६ मङ्सिर २३ गते ४:३९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: