A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8ibbepe61bvvah318takbcgvkg44m5gn): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालिका हजुरबुवा र ठुलोबुवाबाटै बलात्कृत

ओखलढुंगामा आफन्तबाटै दुई बालिका बालित्कृत भएको घटना सार्वजनिक भएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा दुई बालिका आफन्तबाटै बलात्कृत भएको घटना बाहिरिएको हो। जिल्लाको मोलुङ गाउँपालिकाकी १४ वर्षीय बालिका उनकै ठुलोबुवा पर्ने करिब ४७ वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन्। प्रहरीमा जाहेरी परेपछि बलात्कारको आरोप लागेका उनका ठुलोबुवा फरार भएका छन्। उनको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक राजिब श्रेष्ठले बताए। ति बालिका गत असोज १४ गते उनकै ठुलोबुवाबाट बलात्कृत भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। डर, त्रासका कारण घटनाका विषयमा बालिकाले कसैलाई जानकारी दिएकी थिईनन्। करिब दुई महिनापछि निरन्तर पेट दुख्ने समस्या भएपछि जचाँउन अस्पताल जाँदा बालिकाकी आमाले थाहा पाएपछि घटना प्रहरीसम्म आईपुगेको बताईएको छ। ठुलोबुवाले घटनाका विषयमा कसैलाई भने मार्ने धम्की दिएका कारण कसैलाई नभनेको बालिकाको भनाई उदृत गर्दै उनकी आमाले बताएकी छिन्। बालिका जिल्लास्थित एक सुरक्षित आवास गृहको शरणमा छिन्। यसैबीच केही दिन अघि सोही गाउँपालिकाकी एक बालिका हबजुरबुवाबाट बलात्कृत भएको घटना सार्वजनिक भएको थियो। १५ वर्षीय बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षीय वृद्धबाट बलात्कृत भएको घटना सार्वजनिक भएको हो। आरोपितलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी आरोपमा मुद्दा चलाईएको छ। बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान गरी मुद्दा चलाएको प्रहरीले जनाएको छ। गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ। घरमा कोही नभएको मौकामा वृद्धले बालिकालाई आफ्नै घरमा बोलाएर जबरजस्ति करणी गरेको जाहेरीमा उल्लेख छ। बालिकाको पेट अस्वभाविक रुपले बढेकाले आफन्तले साँेधपुछ गर्दा बालिका गर्भवती रहेको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना सार्वजनिक भएको हो। बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ। बालिका सुस्त मनस्थिति र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रसुती गृह थापाथली रेफर गरिएको केन्द्रले जनाएको छ। दुबै घटनाको जाहेरी केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको प्रहरीले जनाएको छ।

२०७६ मङ्सिर २२ गते ४:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: