समाचारमा बालबालिका

कोइला बालेर सुतेका आमाछोराको मृत्यु

कोठा तातो बनाउन कोइला बालेर सुतेका आमाछोराको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै डेरा गरी बस्ने शर्मिला रञ्जितकार र उनको दुई महिनाको छोराको ज्यान गएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी क्षदिलाल कामतीले जानकारी दिए। उनकाअनुसार साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए। श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अक्सिजन अभावका कारणका उनीहरूको ज्यान गएको हुनसक्ने कामतीको भनाइ छ। नागढुंगा स्थायी घर भएका नवराजले पेन्टिङको काम गर्दै आएका थिए।

२०७६ मङ्सिर ३० गते १:१२ मा प्रकाशित