A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionh1u2hjh17sssko1lkhmig156ss7ikikm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सेनेटरी प्याड राखेपछि छात्रा नियमित विद्यालय

विद्यालयका शौचालयमा सेनेटरी प्याड राखेपछि छात्राहरू नियमित  विद्यालय जान थालेका छन् । महिनावारीको समयमा तीन–चार दिन विद्यालय छाड्ने छात्राहरू शौचालयमा प्याड राख्न थालेपछि नियमित भएका हुन् । रोल्पाका विकट ठाउँमा रहेका विद्यालयमा समेत छात्रामैत्री शौचालय बनेपछि विद्यार्थी खुसी छन् । ह्वामास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा छात्रामैत्री शौचालय बनेपछि गत वर्षको तुलनामा छात्राहरूले विद्यालय छोड्ने समस्या धेरै घटेको विद्यालयका प्रधानाध्यापक हुकुमप्रसाद आचार्यले बताए । उनले भने, ‘विद्यार्थीअनुकूल भौतिक पूर्वाधारले पनि यस्तो फरक पार्दोरहेछ ।’ विभिन्न संस्थाको सहयोगमा विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भएको हो । कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा ९९ छात्रा र एक सय पाँच छात्र गरी दुई सय चार विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्र ०७५ मा विद्यालयमा कक्षा ६ देखि ८ सम्म ५० छात्रा थिए । छात्रामैत्री शौचालय बनेपछि भने कक्षा ६ देखि ८ सम्मका जम्मा ४२ छात्रा नियमित उपस्थित भएको प्रधानाध्यापक हुकुमप्रसाद आचार्यले बताए । सेभ द चिल्ड्रेन, हुरेकलगायतले विद्यालय भवन तथा छात्रामैत्री शौचालयसमेत निर्माण गरिदिएका छन् । ‘पहिले महिनामा तीन–चार दिन स्कुल आउँदैनथ्यौँ,’ कक्षा ८ की छात्रा शर्मिला बाँठाले भनिन्, ‘मानसिक तनावले पढ्ने अवस्था नै हुन्थेन, अहिले त सजिलो छ, स्कुल छोड्नुपरेको छैन ।’ कक्षा ८ की छात्रा चिजमाया पुनले महिनावारी हुँदा भोग्नुपर्ने तनावबाट मुक्त भएको बताइन् । विद्यालयले आफ्नै स्रोतबाट मासिक तीन हजार खर्चिएर सेनेटरी प्याड खरिद गरेको प्रअ आचार्यले बताए ।

२०७६ पुष ३ गते ८:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: