A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionarop889l8uqo35fmlcb4j72ms92g7aac): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पढ्न जाँदैनन् बालबालिका

बृन्दावन–७ का सञ्जय मली (डोम) ले आफ्नो छोरालाई नजिकको धमौरा बिद्यालयमा भर्ना गराए पनि नियमित पढ्न पठाउँदैनन् ।आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन् ।आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन् । जिल्लाभरि डोम समुदायका झन्डै ४ सयभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन् । तीमध्ये २ सय मात्र विद्यालय भर्ना भएका छन् । भर्ना भएका धेरै बालबालिका गरिबीका कारण पढ्न जाँदैनन् । उनीहरूकै अभिभावकले पठाउँदैनन् । जिल्लामा ६ कक्षादेखि माथिका कक्षामा पढ्ने डोम विद्यार्थी १० जना मात्र छन् । कक्षा १० मा दुई किशोर पढिरहेका छन् । मौलापुरमा दुई, धर्मपुरमा एक, महम्दपुरमा २, गौरमा ३, सरमुजुवामा २ जना हाल अध्ययनरत छन् । उनीहरूलाई आर्थिक अभावका कारण पढ्न समस्या हुँदै आएको डोम समुदाय विकास केन्द्रका पूर्वअध्यक्ष विजय मली डोमले बताए । ‘हाम्रो समुदायमा आर्थिक अभावकै कारण बालबालिका विद्यालय जाँदैनन्,’ उनले भने, ‘चरम गरिबी र पढेर केही हुँदैन भन्ने मानसिकताकै कारण उच्च शिक्षा हासिल गर्ने न्यून छन् ।’जिल्लामा अहिलेसम्म एसएलसी उत्तीर्ण गरेका डोम जातिका दुई जना मात्र छन् । माधवनारायण ५ मिठुअवाका विजयले स्नातक गरेका छन् । मौलापुरका धिरज डोम अहिले १२ कक्षा पढ्दै छन् । कक्षा ९ मा पढ्दै गरेका धमौराका निरज मली डोमले पढ्न धेरै समस्या रहेको बताए । गरिबीका कारण खानकै समस्या हुने गरेको जसोजसो पढ्दै आएको उनको गुनासो छ । डोम विद्यार्थीले किताब, कापीकलम, पोसाक किन्ने पैसा अभाव हुने गरेको गुनासो छ । दलितमध्ये यो जाति धेरै पिछडिएको छ । जिल्लामा डोम समुदायमा उच्च शिक्षा हासिल गर्ने विजय मात्रै हुन् । उनी केही वर्ष अघिदेखि डोम जातिको उत्थानमा सक्रिय छन् । उनी गाउँरगाउँ पुगेर विद्यालय पठाउन अनुरोध गर्छन् । तर, आर्थिक अभावकै कारण अभिभावकले नमान्ने उनले सुनाए ।

धमौराटोलमा ९ घर डोम जाति सडक किनाराको सार्वजनिक जमिनमा बस्छन् । टोलका धेरै बालबालिका जिद्यालय जाँदैनन् । कटहरिया नगरपालिकामा ७० जना डोम जातिको बसोबास छ । यस नगरपालिकाको बिर्ति, कटहरिया, फतेपुर, जमुनिया, बरेर्वामा १३ घर डोम जातिको बसोबास छ । विद्यालय जाने उमेरका करिब ४० बालबालिका भए पनि ११ जना मात्रै भर्ना छन् । ६ बालिका र ५ बालक प्राथमिक तहमा पढ्छन । उनीहरूलाई पनि शैक्षिक सामग्री, पोसाकको अभाव भएको गुनासो गर्छन् । कटहरियाका मेयर सियाराम कुशवाहले डोम बालबालिकाको पढाइमा सहयोग गर्न रकम छुट्याइएको बताए । ‘हामीले दलितलाई पनि केही गरौ भनेर रकम छुट्याएका छौं,’ उनले भने, ‘दलितको शिक्षा स्वास्थ्यमा नगरपालिकाको तर्फबाट केही न केही गर्ने सोच छ ।’ स्थानीय तहले दलित समुदायका लागि चासो नदेखाएको अगुवा बताउँछन् । यस जिल्लामा विद्यालय जाने उमेरका दलित बालबालिकाको यथार्थ विवरण छैन । डोम, चमार, मुसहरलगायत दलित बालबालिका विद्यालय भर्ना भएर पनि जाँदैनन् । विद्यार्थी भर्ना अभियान, व्यक्तिगत तथा वस्तीको सरसफाइ, स्वास्थ्यबारे जानकारी, दाइजो प्रथा रोक्ने, मदिरा सेवनमा रोक लगाउने, अभिभावकलाई रोजगारी र बचततर्फ चेतना अभिवृद्धि गर्न जरुरी रहेको विजयले बताए । यस जिल्लामा ९५ प्रतिशत डोमको घरबास छैन् । उनीहरू सुकुम्बासी छन् । सडक किनार, नहरको डिल, सार्वजनिक जमिनमा उनीहरू झुपडी बनाई बस्छन् । जिल्लाका विभिन्न गाउँमा १ सय ६० घर डोमको छ । करिब १३ सय डोमको जनसंख्या रहेको छ । बस्तीमा खानेपानीको धारा छैन । शौचालय छैन । जीर्ण झुपडीमा रात काट्न बाध्य छन् । जाडोमा बालबालिका तथा वृद्धवृद्धाहरू थप पीडामा पर्छन् । यो समुदायलाई दैनिक खानकै समस्या हुन्छ । यही कारण छोरा छोरी पढाउनेतर्फ ध्यान दिन नसकेको स्थानीय सिकेन्द्र मली डोमले सुनाए ।दलित समुदायमध्ये मुसहर पनि एक हो । यो समुदायको बालबालीको समस्या पनि उस्तै छ । उनीहरू आर्थिक अभाव देखाएर विद्यालय जाँदैनन् ।चन्द्रपुर १० मा रहेको जनप्रिय प्राविमा १२ दलित समुदायका बालबालिका भर्ना छन् । तर कहिले पनि विद्यालय जाँदैनन् । विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसादले दैनिक बस्तीमै पुगेर सम्झाउने गरेको सुनाए । ‘जहिले पनि बालबालिकालाई विद्यालय पठाउन सम्झाउनुपर्छ,’ उनले भने, ‘अभिभावकले नै पढ्न पठाउँदैनन् ।’ घर अगाडि नै विद्यालय भए पनि मुसहर समुदायका छोराछोरीलाई विद्यालय पठाउँदैनन् ।जिल्लाभरि विद्यालय जाने उमेरका मुसहर बालबालिकाको संख्या २ हजार बढी छ । तर आधाजसो मात्र विद्यालय भर्ना भएका छन् । तीमध्ये आधाजसो विद्यालय जाँदैनन् ।बृन्दावनका मेयर रामस्नेही रायले दलित समुदायका मानिसलाई जति सम्झाए पनि नमान्ने बताए । ‘हामीले आर्थिक सहयोग गर्छौं भनेका छौं तर पनि बालबालिकालाई घरै राख्छन् तर विद्यालय पठाउँदैनन्,’ उनले भने, ‘आफ्नो छोराछोरीलाई पढाउनुपर्छ । उच्च शिक्षाबारे ज्ञान दिलाउनुपर्छ भन्ने चेतना नभएसम्मविद्यालय पठाउँदैनन् ।

२०७६ पुष ३ गते ११:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: