A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session2cpe5hfmn2vpt745a0u7l6j4pv3vvh86): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता

अझै पनि सामुदायिक विद्यालयका छात्राका लागि महिनावारीको समयमा प्याड र शौचालयको व्यवस्था हुन नसक्दा उनीहरू विद्यालय छाडेर घर फर्कन बाध्य छन्। मधेसका सबैजसो जिल्लाका विद्यालयमा यस्तो समस्या देखिएको हो। यस्तो अवस्थामा पनि न केन्द्र सरकार संवेदनशील बनेको छ न त स्थानीय सरकार नै। यो समस्या छात्रामा मात्र होइन, मधेसका महिला शिक्षकमा पनि रहेको पाइएको छ। नागरिककर्मी जनकपुरका सामुदायिक विद्यालयमा पुग्दा छात्राको एउटै समस्या थियो, प्याडको व्यवस्था र छात्रा शौचालयको व्यवस्थापन। शौचालय भए पिन ढोका नभएकाले उनीहरू दिसापिसाब लाग्दासमेत चर्पीमा जानसक्ने अवस्था छैन। जनकपुरधाम–९ स्थित सरस्वती माविमा पुग्दा छात्रामा तनाव प्रस्ट देखिन्थ्यो। छात्रा शौचालयमा पुग्दा ढोका थिएन। पानीको व्यवस्था नहुँदा चर्पीवरिपरि दिसापिसाबले फोहोर र दुर्गन्धित वातावरण थियो। शौचालयमा पानीको व्यवस्था नहुँदा बालबालिकाले खाजासमेत नखाएको पाइयो। नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले अध्ययन गरेको विद्यालय दुर्गन्धित बनेको प्रस्ट देखिन्थ्यो। पिसाब खप्न नसकेका छात्राहरूका लागि केही साथीहरू शौचालयको ढो कुरुवा बसेका थिए। तिनीहरूलाई समेत विद्यालय पर्खालबाहिरका केटाहरूले अश्लील शब्दहरू प्रयोग गरी जिस्काइरहेको भेटियो। कक्षा ६ देखि नै छात्राहरू महिनावारी हुने हुँदा हरेक महिना तीनरचार दिन विद्यालय छुट्ने अनिवार्य रहेको सरस्वती माविकी कक्षा ८ की पार्वती दासले गुनासो गरिन्। उनी त्यस विद्यालयमा कक्षा ७ देखि अध्ययन गरिरहेकी छिन्। ‘महिनावारी हुँदा मिसहरूले नै हामीलाई घर पठाइ दिनुहुन्छ,’ उनले विद्यालय प्रांगणमै शौचालय देखाउँदै भनिन्, ‘हाम्रो विद्यालयको चर्पीमा ढोका छैन। बाहिरबाट केटाहरूले हेरिरहेका हुन्छन्।’ उनले थप पीडा पोखिन्, ‘चर्पीमा पानीको समेत व्यवस्था छैन।’बल्लतल्ल टिफिनसम्म विद्यालयमा बिताए पनि दैनिकजसो छात्राहरू घर नै फर्कन्छन्। यसले गर्दा पढाइ छुट्ने गरेको गुनासो उनीहरूको छ। कक्षा १० की छात्रा गीता ठाकुरका अनुसार विद्यालयमा प्याडको व्यवस्था नहुँदा अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने हुन्छ। ‘विद्यालयमा अपर्झट महिनावारी हुँदा साथीहरूले प्याड माग्दा विद्यालयले छैन भनी जवाफ दिन्छ,’ गीताले भनिन्, ‘कतिपय साथी त महिनावारी हुँदा चार÷पाँच दिन विद्यालय नै आउँदैनन्।’

यस विद्यालयका छात्रा मात्र होइन, विद्यालयका महिला शिक्षकलाई समेत महिनावारी हुँदा घर फर्कनुको विकल्प छैन। विद्यालयकी फोकल पर्सन वरुणा कर्णले महिला चर्पीको अभावले शिक्षकहरूलाई समेत समस्या भोग्नुपरेको सुनाइन्। ‘विद्यालयमा प्याडको समस्या छ,’ शिक्षिका कर्णले भनिन्, ‘छात्रा मात्र होइन, हामी शिक्षकसमेत महिनावारी हुँदा बेलाबेलामा घर पुग्ने गर्छौं। यसले कक्षामा अवश्यै नकारात्मक असर परेको हुन्छ।’नेपालकै प्रथम राष्ट्रपति रामवरण यादवले अध्ययन गरेको सरस्वती नमुना विद्यालय पनि हो। तापनि यस्तो ऐतिहासिक विद्यालयमा छात्रामैत्री शौचालय नहुनु दुखद विषय रहेको कक्षा १० कै अर्की छात्रा रुवी चौधरीको भनाइ छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर १ गतेदेखि नै देशभरिका विद्यालयमा प्याडको व्यवस्था गर्ने नीति लिएको छ। तर, हाल सरकारले व्यवस्थापन गर्न नसकेकाले प्याडबारे सरकारी योजना नै अलपत्र बनेको छ। विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले सरकारले विद्यालयमा हालसम्म कुनै पनि किसिमको प्याडको व्यवस्था नगरेको स्पष्ट बताए। उनका अनुसार केही संस्थाले केही दिनका लागि प्याड व्यवस्था गरे पनि हाल अभाव भएको उनको भनाइ छ।

२०७६ पुष ३ गते ९:२१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: