समाचारमा बालबालिका

नदीले बगाएर किशोरी बेपत्ता

हुङ्गा खोलाले बगाएर सोताङकी एक किशोरी बेपत्ता बनेकी छिन्। बुबासँग उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ गइरहेका बेला चिप्लिएर लड्दा नदीमा परी किशोरी बेपत्ता भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। घरबाट प्राथमिक स्वास्थ्य केन्द्र आउने क्रममा सोही गाउँपालिका ३ की १३ वर्षिया निर्माला भुजेललाई खोलाले बगाएको सोलुखुम्बु प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए। उनका अनुसार घटनाबारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय सोताङको टोली घटनास्थलमा गई खोजी कार्य जारी राखेको छ।

२०७६ पुष १ गते प्रकाशित