समाचारमा बालबालिका

विद्यालयको हाजिरी रजिष्टरमा डेढ सय विद्यार्थी, आउँछन् १० जना

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण अवस्थामा छ। कुनै कक्षामा झ्याल ढोका छैन भने कुनै कक्षा कोठाको पर्खाल नै भत्किएको छ। कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा अध्ययन गर्नका लागि जम्मा १० जना विद्यार्थी छन्। तिनै १० विद्यार्थीलाई पढाउन ८ जना शिक्षकको दरबन्दी सो विद्यालयमा छ।प्रदेश दुईको अस्थायी राजधानी जनकपुर वडा नम्बर १ पुलचोकस्थित मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयमा दैनिक १० भन्दा बढी विद्यार्थी कहिल्यै पुग्दैनन्। विद्यार्थीहरु नै नआएपछि ती १० विद्यार्थीलाई पढाउनको साटो शिक्षकहरु गफमै मस्त हुन्छन्। विद्यालयमा अध्ययनका लागि १० विद्यार्थी मात्रै आउने गरेको भएपनि हाजिरी रजिष्टरमा कुल १ सय ५० विद्यार्थीहरु अध्ययनरत रहेको पाइएको छ।विद्यालयमा ४ जना दरबन्दी, २ जना राहत कोटा र २ जना बालबिकास तर्फगरी जम्मा ८ जना शिक्षक र १ कार्यालय सहयोगीसहित ९ कर्मचारी छन्।

विद्यालय पुग्दा देखिएको दृश्य

विद्यालय पुग्दा अपरान्हको करिब २ बजेको थियो। अधिकांश विद्यार्थी दिवा खाजा खाइ सकेका थिए भने केही विद्यार्थी खाजा खानमै व्यस्त थिए। ती विद्यार्थीहरुको संख्या मुस्किलले १० थियो। तिनीहरु भुइँमै बसेका थिए। विद्यालयका कार्यालय सहयोगी पुरुषोत्तम रजक विद्यार्थीलाई खाजा खुवाई रहेका थिए। विद्यार्थीहरु खाजा खाएर आ–आफ्नो घरतिर लागे। टिफिन टाइम सकाएर विद्यार्थीहरु आफ्नो घरतर्फ गइरहेका थिए तर उनीहरुलाई कक्षा कोठामा जानका लागि भन्नेहरु कोही थिएनन्।शिक्षकहरु विद्यालयको कार्यालयमा हासीमजाकमा व्यस्त थिए। ‘तपाईहरु विद्यालय समयमा पनि कक्षा कोठामा किन नजानु भएकोरु’ भन्ने प्रश्नमा एक शिक्षकले भने ‘विद्यालयमा विद्यार्थीहरु नै छैनन् कसलाई पढाउन जाने।’विद्यालयका प्रधानाध्यापक गिता यादबले भनिन् ‘विद्यालयको हाजिरी रजिष्टारमा १५० जना विद्यार्थीहरु छन् तर कोही अध्ययनका लागि आउँदैनन्।’ प्रधानाध्यापक यादवले अगाडि भनिन् ‘विद्यार्थीहरु विद्यालय नै आउँदैनन्, अनि बाध्य भएर कार्यालयमै बसेर हामीलाई समय बिताउन परिरहेको छ।’शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खु प्रसाद रजकले भने ‘विद्यार्थी कति आउँछन् भन्ने जानकारी छैन, चाँडै धनुषाका सम्पुर्ण विद्यालयहरुमा अनुगमन गर्ने तयारीमा छु।’वि।सं। २०४४ सालमा स्थापित सो विद्यालयमा स्थानिय सरकारले ध्यान नदिनु दुखद रहेको स्थानीय किसन साहले बताए । साहले भने ‘यस विद्यालयमा त प्रत्येक दिन विद्यार्थी भन्दा बढी शिक्षक नै हेर्छु, शिक्षकहरु प्रत्येक दिन चौरमा कसेर गफिएको देखिरहेको हुन्छु,’ आएका विद्यार्थीहरुलाई पढाउन भन्दा पनि शिक्षकहरु टेर्दैनन्’ उनले भने।विद्यालयको दुईवटा कक्षा कोठा बाढीले बगाएपछि विद्यार्थीहरुकुरुप भवनको डरले समेत आउन नमान्ने गरेको उनले सुनाए।यता शिक्षा समन्वय समितिका प्रमुख रजकले भने ‘विद्यालयको कक्षाकोठा बाढीले बगाएको कुरा पटकपटक स्थानीय तहलाइ जानकारी गराउँदै आएका छौं, तर स्थानीय तहले यो कुरालाई वेवास्ता गर्दै आइरहेको छ।’

२०७६ पुष ३ गते ६:०७ मा प्रकाशित