A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल विवाह गर्ने जेल चलान

बालविवाह गर्ने एक भारतीय नागरिकलाई सप्तरी जिल्ला अदालतले एक महिना कैद र १० हजार जरिवानाको सजाय तोकेको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन ७ वाइसीका १८ वर्षीय रामकुमार मुखियालाई कैद र जरिवानाको फैसला गरेको हो। जबरजस्ती बाल विवाह गराएको भन्दै जिल्ला अदालतले बालिकाका बुवा ३६ वर्षीय बिजयकुमार मुखिया र आमा ३४ वर्षीया ललीतादेवी मुखियालाई समेत जनही पाँच हजार जरिवाना तोकेको जनाएको छ । इच्छाविपरित ०७५ जेठ ६ गते बालविवाह गराई दिएको भन्दै १४ वर्षीया बालिकाले उजुर गरेपछि सुनसरीको भण्टाबारीबाट आरोपित रामकुमार पक्राउ परेका थिए । ससुराली घरबाट रामकुमारसँगै माइत फर्किरहेका बेला पीडितले प्रहरीलाई उजुर गरेपछि सुनसरी प्रहरीले रामकुमारलाई पक्राउ गरी ०७५ असार १ गते सप्तरी प्रहरीलाई बुझाएको थियो । सप्तरी जिल्ला अदालतले दाहिने हात(खुट्टा शारीरिकरूपले अपांगता भएका आरोपित रामकुमारलाई ०७५ असार २७ गते १५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो। बालिकाले बालविवाहमा संलग्न आफ्ना आमाबुवाविरुद्ध समेत इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीमा ०७५ असार १ गते उजुरी दर्ता गराएकी थिइन् । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७३ को उपदफा १ मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । उपदफा २ मा त्यस्तो विवाह स्वतः बदर हुने र उपदफा ३ मा बालविवाहको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ।

२०७६ पुष २ गते १२:१४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: