A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह न्यूनीकरण अभियान :साढे ४ हजार घरमा स्टिकर

सल्यानको छत्रेश्वरी गाउँपालिकाले बालविवाह न्यूनीकरण अभियानअन्तर्गत सबै वडाका चार हजार सात सय घरमा स्टिकर टाँस्ने भएको छ । स्टिकरमा बालविवाह विरुद्धका सन्देश, कानुनी व्यवस्था र विभिन्न निकायको सम्पर्क नम्बरलगायत समावेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको हो । अभियानमा विद्यालय, स्वास्थ्यचौकी, महिला समूह र बाल समूह लगायतलाई परिचालन गर्न लागिएको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बालविवाह बढ्दै गएकाले सचेतनामूलक अभियान सञ्चालन गरिएको बताए । स्टिकरमा प्रहरी, प्रशासन, गाउँपालिका तथा एम्बुलेन्सको नम्बरत राखिएको छ । ‘एक साताभित्रै सबै घरमा स्टिकर टाँसिनेछ । स्टिकरले बालविवाह न्यूनीकरणबारे स्थानीयलाई सुसूचित गराउने अपेक्षा छ,’ केसीले भने, ‘अभियानकै क्रममा प्रहरीले माइकिङ, घरदैलो र सामूहिक भेलामार्फत पनि बालविवाह विरुद्धका सन्देश प्रवाह गर्नेछ ।’ कहीँकतै बालविवाह भएको थाहा पाए जोसुकैले पनि जानकारी दिन सकून् भनेर सरोकारवाला निकायको नम्बर राखिएको हो । अभियानअन्तर्गत बालविवाहविरुद्धका कानुनी प्रावधानबारे प्रहरीले टोलटोलमा गई प्रशिक्षण दिनेछ । ‘बालविवाहले महिलामा मानसिक रोग, आत्महत्या, सम्बन्धविच्छेदलगायत समस्या देखिएका छन्,’ उनले भने, ‘त्यसैले सबै घरधुरीलाई लक्षित गरी बाल विवाहविरुद्ध अभियान थालिएको हो ।’गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले कानुनी चेतनाको कमी, देखासिकी, गरिबी र सामाजिक सञ्जालको बढ्दो प्रयोगलगायत कारणले बालविवाह बढिरहेको बताए । जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाका अनुसार कानुनी कारबाही बढाइएपछि पछिल्लो समय बालविवाह गर्नेको संख्या न्यून भएको छ । तीन महिनाको अवधिमा बालविवाहमा संलग्न हुने २० जनालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । बालविवाहमा संलग्नलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँसम्मको जरिवाना हुने कानुनी व्यवस्था छ।

२०७६ पुष ३ गते १०:३१ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: