समाचारमा बालबालिका

नेपाल बाल संगठनको सम्पत्ति कति ?

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठन (बाल मन्दिर)को सम्पत्ति सरकार मातहत ल्याउन निर्देशन दिएको छ । तर, बाल मन्दिरको नाममा के–कति सम्पत्ति छ भन्ने तथ्यांक बाल संगठनसँगै छैन ।२०२१ सालमा अनाथ बालबालिकाहरुलाई संरक्षित गर्ने पवित्र उद्देश्यले स्थापित नेपाल बाल संगठन ९बाल मन्दिर०को सम्पत्तिमा संसदीय समितिले चासो दिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले बालगृहको सम्पत्ति दुरुपयोग भएको भन्दै सरकार मातहत ल्याउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारलाई बाल संगठनको सम्पत्ति पहिचान गर्न भने हम्मे–हम्मे पर्ने देखिएको छ ।बाल संगठनलाई आफ्नै सम्पत्ति थाहा नभएकाले सम्पत्ति पहिचानको चुनौती देखिएको हो ।संसदीय समितिले बाल मन्दिरको सम्पत्तिमा चासो देखाएकै बेला बाल मन्दिरलाई सन्चालन खर्च जुटाउनै हम्मे–हम्मे परेको संगठनका महासचिव गणेशभक्त श्रेष्ठ बताउँछन् ।संगठन मातहत देशभर रहेका १० ओटा बालगृहमा ४०० बालबालिकाहरु आश्रित छन् ।बाल मन्दिर सन्चालन गर्न गाह्रो परिरहेको बेला संसदीय समितिले बाल मन्दिरका कमी–कमजोरी औंल्याएर सम्पत्ति नै सरकारी नियन्त्रणमा लिन निर्देशन दिएकोमा बाल संगठन असन्तुष्ट देखिन्छ ।बाल संगठनका पदाधिकारीहरुले जेजस्तो दाबी गरे पनि पवित्र स्थान बाल मन्दिरमा बेथितिको चाङ नलागेको भने होइन ।धर्मपुत्ररपुत्रीका नाममा बालबालिका बेचबिखनमा बाल मन्दिरकै निर्देशक संलग्न रहनु अक्षम्य अपराध होे ।त्यसमाथि आफ्नै सम्पत्तिको ‘रेकर्ड’ नराखेर बाल संगठनले आफैंलाई बेवारिसे संस्थाका रुपमा रुपान्तरण गरेको पाइएको छ ।

२०७६ माघ २१ गते प्रकाशित