A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session83lm1tudrk1k7lau986fd0soj2fdb1gj): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पोषण र स्वास्थ्य सुधारका लागि ‘स्वस्थ बच्चा प्रतिस्पर्धा

खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपु(याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन्। मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिई कार्यक्रम सञ्चालन गरिएको हो। हालसम्म बेनिघाट रोराङ गाउँपालिकातर्फ वडा नं. ८ को माङमुङ, बुङपुङ, मिजारगाउँ, यारवाङ, साचक, राक्सिराङ, दुङवाङ र गजुरी गाउँपालिकातर्फ वडा नं. ४ को चिउरीखर्क, नेवारबास, गैह्रीगाउँ, धर्मेचौर र वडा नं। ६ को राम्चेमा गरी १२ स्थानमा कार्यक्रम सञ्चालन गरिएको छ। १२ स्थानमा पाँच वर्षमुनिका २ सय ८२ जना बालबालिकालाई प्रतिस्पर्धामा सहभागी बनाइएको छ। सहभागीमध्ये ६ जना बालबालिका पोषणका हिसाबले अति जोखिममा र १७ जना मध्यम जोखिममा रहेको पाइएको छ। जोखिममा रहेका बालबालिकाको पुनस्थापनाका लागि सम्बन्धित अभिभावकलाई आवश्यक परामर्श दिइएको छ। पोषणलाई प्रत्यक्ष असर गर्ने मुख्य तीन क्षेत्रगत अवस्था बालबालिकाको पोषण र सरसफाइको अवस्था, बालस्याहारप्रति अभिभावकको बुझाइ, संवेदनशीलता र व्यवहार मापनका सूचकका आधारमा मूल्यांकन गर्ने गरेको शान्ति नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेलले बताए। ‘भन्दा स्वस्थ बच्चा प्रतिस्पर्धा भने पनि खासमा यसको मर्म बालस्याहारमा अभिभावकबीच नै प्रतिस्पर्धा हो’, उनले भने, ‘सानो उपहारको आशमा भए पनि जोखिममा रहेका कयौं बालबालिकाका अभिभावकलाई परामर्श दिने अवसर प्राप्त हुने भएकाले यस वर्ष अझै थप लक्ष्यका साथ ५५ स्थानमा कार्यक्रम गर्दैछौं।’ गत वर्ष पनि बेनिघाट रोराङ र गजुरी गाउँपालिकाका ४० स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो। जिल्लाको दक्षिणी भेगमा अधिकांश चेपाङ बस्ती छन्। शिक्षा, स्वास्थ्य र सरसफाइमा उचित ध्यान नदिँदा धेरै आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको छ भने बच्चाहरुमा कुपोषणको समस्या बढी छ। आमा र बच्चाको पोषण र स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाको आर्थिक साझेदारी र प्राविधिक सहकार्यमा शान्ति नेपालले कार्यक्रम सञ्चालन गरिरहेको छ।

समुदायमा बालबालिकाको पोषण अवस्थामा सुधार गर्ने कार्य बहुआयामिक रहेको र अभिभावकमा बालस्वास्थ्यको मुख्य पक्षबारे जानकारीसहित बालस्याहारप्रति थप उत्पेरणा जगाउन कार्यक्रम सञ्चालन गरिएको पोखरेलले बताए। ‘तुलनात्मक रुपमा पोषण स्वास्थ्यका दृष्टिले बढी जोखिममा रहेका समुदायमा स्वस्थ बच्चा प्रतिस्पर्धा सञ्चालन गरेका हौं’, उनले भने, ‘यथासम्भव यस्तो कार्यक्रम गाउँघर क्लिनिकलाई केन्द्र पारी सेवाक्षेत्रका सबै समुदायलाई समेट्ने र स्थानीय स्वास्थ्य चौकीको प्रत्यक्ष समन्वय र संलग्नतामा हुने गरेको छ।’प्रतिस्पर्धाका लागि विभिन्न सूचक निर्धारण गरिएको छ। सफा अनुहार, सफा कपडा लगाएको, सफा कपाल, सफा हातखुट्टा, सफा दाँत तथा बालबालिकाको पोषण स्वास्थ्य अवस्थाको मूल्यांकन गरिन्छ। बिरामी हुँदा स्वास्थ्य संस्था लगेको, नियमित खोप लगाएको, तौल र पाखुराको नाप, अभिभावकको पोषण स्वास्थ्यबारे बुझाइ र व्यवहार, शौचालय निर्माण र प्रयोग, जन्मान्तर कायम गरेको, स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सरसफाइमा ध्यान दिएको, पोषणयुक्त खानेकुरा खुवाएको लगायतका सूचक तयार पारिएको छ।प्रतिस्पर्धामा सहभागी १२ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकाको तौल लिने गरिन्छ भने कम तौल भएकाको कुपोषण अवस्था पहिचान गर्न उचाइरलम्बाइ पनि मापन गरिन्छ। यसरी सबै सूचकको मापनपछि उत्कृष्ट तीन बच्चाका लागि एक जोर कपडा र स्वच्छता सामग्री पुरस्कारस्वरुप प्रदान गरिने पोखरेलले बताए। त्यस्तै पोषण स्वास्थ्यका हिसाबले कमजोर बच्चाका अभिभावकको पनि आत्मबलमा आँच आउन नदिन सबै सहभागीलाई साबुन, मन्जन, ब्रस र मग प्रदान गरिन्छ।कार्यक्रमअन्तर्गत बालबालिकाको स्याहार, आहारविहारमा संवेदनशील गराउने, जोखिममा रहेका बच्चाका अभिभावकलाई आवश्यक परामर्श दिने र फलोअप योजना बनाउने, भिटामिन, जुकाको अ‍ैषधी खान छुटेका बालबालिकालाई खुवाउन प्रेरित गर्ने गरेको पोखरेलले बताए। यस्ता कार्यक्रमले आमा र बच्चाको स्वास्थ्य, पोषणको अवस्था पहिलेको भन्दा धेरै सुधार भएको सामाजिक परिचालक उद्धव चेपाङले बताए।

२०७६ माघ २० गते ७:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: