A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

‘बेडरेष्ट’ले छात्रा नियमित

गुर्भाकोटको आनन्द मावि गुमीकी छात्रा निशा बुचा महिनावारी हुँदा तीन दिनसम्म विद्यालयमा अनियमित हुन्थिन्। बेन्चमा लामो समयसम्म बस्न गाह्रो हुन्थ्यो। पेट दुख्थ्यो। आराम गर्ने ठाउँ थिएन्। स्कुल छुटाउने रहर कस्को पो हुन्छ र १ विद्यालयमा अध्ययरत निशाजस्तै दुई सय बढी किशोरी महिनावारी समस्याका कारण बाध्यताले अनियमित हुन्थे। यसको प्रत्यक्ष असर उनीहरुको पढाईमा पर्दथ्यो। अहिले महिनावारी समस्याकै कारण कुनै पनि किशोरीले विद्यालयमा अनियमित हुनु पर्दैन्। विद्यालयले महिनावारी भएका किशोरीहरुका लागि ‘बेडरेष्ट’ कक्ष निर्माण गरेको छ। ‘गाह्रो हुँदा केही बेर आराम गरेर फेरि कक्षा कोठामा फर्किन्छौं,’ कक्षा ९ कि छात्रा निशाले भनिन्, ‘महिनावारी समस्याकै कारण किशोरीले विद्यालयमा अनियमित हुनुपर्ने बाध्यता हटेको छ।’ आनन्द माविमा किशोरीहरुका लागि चार वटा पलङ र बेड राखिएका छन्। बेडरेष्ट कक्ष स्थापनासँगै महिनावारी भएका किशोरीहरु विद्यालयमा नियमित हुन थालेका छन्।विद्यालयका प्रधानाध्यापक धनपति ढकालले बेडरेष्ट कक्ष स्थापनासँगै कुनै पनि किशोरीहरु महिनावारी भएकै कारण कक्षा छोडेर घर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। ‘६ देखि १२ कक्षासम्म दुई सयबढी किशोरीहरु छन्। महिनावारी हुँदा प्रायः किशोरीहरु विद्यालय आउँथेनन्, आएका पनि हाजिर लगाएर फर्किन्थे,’ प्रधानाध्यापक ढकालले भने, ‘अहिले महिनावारीकै कारण कुनै पनि किशोरीले विद्यालय छोड्ने गरेका छैनन्। सबै किशोरीहरु नियमित विद्यालय आउँछन्।’सूर्यज्योति मावि मेहलकुनाकी प्रमिला पाध्यावती कक्षा नौमा अध्ययन गर्छिन्। उनी महिनावारी हुँदा जहिल्यै तीन दिन स्कुलमा अनियमित हुन्थिन्। महिनावारी हुँदा स्कुलमा आराम गर्ने ठाउँ थिएन्। अहिले उनी नियमित विद्यालयमा हाजिर हुन्छिन्। विद्यालयमा महिनावारी भएका किशोरीहरुका लागि रेष्टरुमको व्यवस्था गरिएको छ। ‘महिनावारीकै कारण कुनै पनि किशोरी विद्यालयमा अनियमित हुँदैनौं,’ उनले भनिन्, ‘विद्यालयमै महिनावारी हुँदा आराम गर्ने व्यवस्था हुँदा सहज भएको छ।’गुर्भाकोट नगरपालिकाले नगर क्षेत्रभित्रका २१ वटा माविमा बेडरेष्ट कार्यक्रम लागू गरेको छ। जनप्रतिनिधि निर्वाचित भएसँगै सबै विद्यालयमा किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको नगरपालिकाले किशोरीहरुलाई विद्यालयमा नियमित गर्नका लागि बेडरेष्ट कार्यक्रम लागू गरेको हो।

गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले बेडरेष्ट कार्यक्रम लागू भएसँगै किशोरीहरुको महिनावारीका कारण विद्यालय छोड्ने र नआउने दर पूर्णरुपमा घटेको बताइन्। ‘किशोरीहरुका लागि बेडरेष्ट कार्यक्रम यहाँ प्रभावकारी बनेको छ,’ उनले भनिन्, ‘महिनावारीकै कारण यहाँका कुनै पनि किशोरी विद्यालय छोड्ने वा महिनावारी नहुँदा विद्यालय नआउने दर पूर्णरुपमा घटेको छ।’गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाका प्रमुख किरण ओलीले तीन लाख ३० हजारमा २१ वटा विद्यालयमा २४ वटा पलङ र बेड राखिएको बताए। ‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै यहाँका ३२ वटै विद्यालयमा सेनेटरी प्याड निःशुल्क वितरण गर्दै आएका छौं,’ उनले भने, ‘¬अहिले रेष्टरुम स्थापना गरिएपछि किशोरीहरुका लागि अझ सहज भएको छ।’ उनले चालू आर्थिक वर्षमा ३२ वटा विद्यालयका शिक्षिका र किशोरीहरुलाई सेनेटरी प्याडको सट्टामा कपडाको प्याड बनाउन सिकाइने कार्यक्रम रहेको जानकारी दिए। ‘३२ विद्यालयका ३२ जना किशोरी र ३२ जना शिक्षिकाहरुलाई कपडाको प्याड बनाउन सिकाउँदैछौं,’ उनले भने, ‘यो कार्यक्रमले विद्यालयमा मात्रै होइन, घरसम्म पनि स्वास्थ्य सेचनाको बृद्धि हुनुका साथै महिनावारी समस्यालाई धेरै हदसम्म कम गर्छ।

२०७६ माघ १९ गते ५:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: