घरको छतबाट खसेर एक बालिकाको मृत्यु
जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको ज्यान गएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको पक्की घरको छतमा खेल्दै गर्दा खसेर ज्यान गएको हो ।आफ्ना आफन्तको घरमा भेटघाटका लागि रामरेखा आएको बेला आइतबार एक तला माथिको छतबाट भुइमा लडेर बिक गम्भीर घाइते भएकी थिइन् । विकलाई तत्काल उपचारका लागि धौलागिरी अञ्चल अस्पताल लगिए पनि थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालले गएराती मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
२०७६ माघ २० गते ३:३९ मा प्रकाशित