A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncp9bjb43esc03c2cn6j7v5ipjnaagmun): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हिउँको ढिस्कोमाथि पढाइ

मनाङमा दुई साताअघि परेको हिउँ बिलाएको छैन। जमिनमा खुट्टा गढ्ने बाक्लो हिउँ छ भने कठ्यांग्रिँदो चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोले बिदा भएको सदरमुकाम चामे र तिमाङको विद्यालयले भने हिउँमै पढाइ सुरु गरेका छन्। तल्लो मनाङको नासों गाउँपालिका, माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका विद्यालय बन्द छन्। चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले हिउँको थुप्रोमाथि बेन्च राखेर पठनपाठन सुरु गरिएको बताए। ‘अहिले पनि जमिनमा एक फिट हिउँ छ। घाम लागेका बेला बाहिर बेन्च राखेर पढाएका छौँ’, गुरुङले भने, ‘चिसो नघटेकाले सबै विद्यार्थी विद्यालय आएका छैनन्।’ उनका अनुसार विद्यालय परिसर र वरपर हिउँ हटाउन अभिभावकलाई बोलाइएको छ।विद्यालयमा ५१ जना अध्ययनरत छन्। कक्षाकोठामा चिसो नहोस् भन्नका लागि चामे गाउँपालिकाले २ वटा हिटर उपलब्ध गराएको उनले बताए। चामेस्थित लोकप्रिय आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश थापाका अनुसार विद्यार्थी न्यानो कपडा र गमबुट लगाएर विद्यालय आउने गर्छन्। हिउँ नपग्लिएकाले पठनपाठनमा समस्या भएको उनले बताए। ‘घाम लाग्दा त सजिलै हुन्छ, घाम अस्ताएपछि विद्यार्थी काँप्न थाल्छन्’, थापाले भने, ‘चैत पहिलो साता वार्षिक परीक्षा गर्नुपर्ने भएकाले छिट्टै विद्यालय खोल्नुपर्‍यो।’ मनाङमा चैतमा वार्षिक परीक्षा सकेर वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ।चामे गाउँपालिकाका शिक्षा शाखा संयोजक इन्द्रजङ गुरुङले गाउँपालिकाका विद्यालय पुस १ गतेदेखि बन्द भएका थिए। शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख नारायण रेग्मीका अनुसार चामे गाउँपालिकाका विद्यालय खुले पनि नासोंमा फागुन १ गतेबाट मात्र विद्यालय सञ्चालनमा आउनेछन्। माथिल्लो क्षेत्रमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने अझै केही समय लाग्ने उनले बताए।शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ। स्थानीय बिदा पाँच दिन पाउँछन्। तर, मनाङको माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गर्छ। मनाङमा २६ वटा सामुदायिक विद्यालय छन्। यसमा कक्षा १२ सम्म पढाइ हुने २ वटा मावि र कक्षा १० सम्म पढाइ हुने २ वटा मावि छन्। बाँकी आधारभूत विद्यालय छन्।

२०७६ माघ २३ गते ९:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: