A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पर्साकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका बुबालाई पक्राउ गरेको हो। गत शुक्रबारदेखि आफ्नै घरमा बन्धक बनाएर छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायव निरीक्षक उपेन्द्र यादवले जानकारी दए। बलात्कारको आरोप लगाउने पीडित किशोरी, आरोपितकी कान्छी श्रीमतीतपट्टीकी छोरी हुन्। पीडित भनिएकी किशोरीले आफुलाई गत शुक्रबारदेखि घरभित्र बन्धक बनाएर आफ्ना बुबाले पटक-पटक बलात्कार गरेको आरोप लगाएको प्रहरी नायव निरीक्षक यादवले जानकारी दिए। मंगलबार बिहान इलाका प्रहरी कार्यालय पोखरीयामा एक्लै आइपुगेकी किशोरीले आफुसँग आफ्नै बुबाले दुष्कर्म गरेको बताएपछि कार्यालयबाट खटिएको प्रहरीको टोलीले मङगलबार ९ बजे किशोरीका बुबालाई नियन्त्रणमा लिएको हो। आफूलाई बुवाले घरमा बन्धक बनाएर बलात्कार गर्दै आएको किशोरीको आरोपको आधारमा अनुसन्धान गर्न आरोपित बुवालाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक यादवले बताए।मङगलबार बिहान गाँउमा कालगतिले एक जनाको मृत्यु भएपछि बुवा मलामी गएको र त्यही मौका छोपेर आफू घरबाट निस्किएर प्रहरी कार्यालयमा आउन सकेको बयान किशोरीले दिएको प्रहरी नायव निरीक्षक यादवले जानकारी दिए। पक्राउ परेका आरोपितलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको जानकारी पनि यादवले दिए। बयानका लागि पीडित भनिएकी किशोरी र उनकी आमालाई पनि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले बताए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले भने आरोपित र आरोपी दुवैलाई प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा राखेर सोधपुछ भइरहेको जानकारी दिए।आफ्नै बुबाले बलात्कार गरेको आरोप किशोरीको छु, उनले भने,‘कसैको लहलहैमा लागेर पनि आरोप लगाएको हुन सक्छ , त्यसैले छोरी, बुबा र उनकी आमालाई महिला सेलमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ।

२०७६ माघ २१ गते २:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: