A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfa295pac737l5ucq59diosddet1krn56): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

‘झण्डा बाबा’को कर्तुत :पुरी खान गएर बालिकामाथि बलात्कार

१४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतका एक साधुबाबालाइ पक्राउ गरेको छ। बाराको कोल्हबी नगरपालिका-११ रामपुर्वामा स्थानीय १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५३ वर्षीय भारतीय साधुबाबालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको राजस्थान प्रान्तको बुन्दी जिलाको पाटन चिन्ताग्राम घर भएका साधुबाबा रामेश्वर भनिने हरि नारायण शर्मा रहेका छन्। आफुलाई आशाराम बाबाको शिष्य बताउने गरेका शर्मा केही समयदेखि रामपुर्वामा रहेको जानकी मन्दिरमा बस्दै आएका थिए। ‘झण्डा बाबा’ उपनामले चिनिएका शर्माले आफुले झारफुक, तन्त्रमन्त्र जानेकाले त्यसबाट विभिन्न रोग ठीक पार्ने दावी गर्दै कोल्हवी क्षेत्रमा झारफुक गर्दै आएका थिए। शर्माले आइतबार राति कोही सदस्य नभएको मौकामा पुरी खान मन लागेको भन्दै बालिकाको घरमा पसेर बलात्कार गरेको प्रहरीको भनाइ छ। घटनाबारे स्थानीयले थाहा पाएपछि शर्मालाई कुटपिट गरि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बालिकाको बुवा पुरी पकाउन चाहिने घ्यू किन्न पसलमा गएका बेला शर्माले घरमा एक्लै भएको मौका छोपेर झारफुकको तन्त्रमन्त्र सिकाइ दिने बहानामा कोठाभित्र लगेर बलात्कारलाई गरेको प्रहरी नायव उपरिक्षक मिश्रले बताए।पीडित बालिकाको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए। पक्राउ परेका शर्मालाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ। उनीविरुद्ध मुलुकी अपराध सहिंता २०७४ को करणी सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए।

२०७६ माघ २० गते २०:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: