A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionk5qe3ur1fecshcph81fasqerital0qcq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अब कक्षा ८ सम्मै रंगीन पुस्तक

आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्मका विद्यार्थीले रंगीन पुस्तक पढ्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न रङका पाठ्यपुस्तक छपाउने निर्णय गरेको हो । यसअघि कक्षा ५ सम्मका विद्यार्थीहरूले मात्र रंगीन पाठ्यपुस्तक पढ्दै आएका थिए । कक्षा ९ र १० मा भने श्यामश्वेत पुस्तक हुनेछन् । शैक्षिक सत्र २०७७ बाट लागू हुने गरी कक्षा ६, ७ र ८ का पाठ्यपुस्तकसमेत रंगीन बनाउने निर्णय गरिएको छ,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘पाठ्यपुस्तक रंगीन हुँदा अध्ययनप्रति बालबालिकाको रुचि जाग्छ ।’ सरकारले सामुदायिक विद्यालयमा लागू हुने पाठ्यपुस्तक कक्षा १० सम्म निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यसैगरी पाठ्यपुस्तक छपाइका लागि लागत मूल्य बढाउने निर्णयसमेत गरिएको छ । कक्षा १ का पाठ्यपुस्तक बहुरङ ९चार रङ० छपाइका निम्ति प्रतिपाना ६० पैसा र कक्षा २ देखि ८ सम्म प्रतिपाना ५५ पैसा तोकिएको छ । कक्षा ९ र १० को पाठ्यपुस्तक छाप्न प्रतिपाना ३६ पैसा कायम गरिएको छ । सरकारले पाठ्यपुस्तक छपाइका निम्ति कक्षा ४ सम्म निजी छापाखानालाई दिँदै आएको छ । कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक सरकार मातहतको जनक शिक्षा सामग्री केन्द्रमा छापिन्छन् । पाठ्यक्रम विकास केन्द्रले मुद्रणीय प्रति ९पीआरसी० तयार गरेपछि जनक शिक्षाले छाप्ने गर्दछ । विकास केन्द्रका निर्देशक गणेश भट्टराईका अनुसार कक्षा ६ देखि ८ सम्म २१ वटा किताब छन् । ‘भित्री कागज ७० ग्राम तथा कागजको उज्यालोपना ९० हुनेछ भने आवरण २ सय ५० ग्रामको हुनेछ,’ पाठ्यपुस्तक गुणस्तरीय हुने उल्लेख गर्दै उनले भने, ‘यो अन्तर्राष्ट्रिय गुणस्तर अनुसारको हो ।’ जनक शिक्षाका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाले पाठ्यपुस्तक छपाइका लागि पर्याप्त मूल्य समायोजन हुन नसकेको बताए ।‘पाठ्यपुस्तक छपाइ कागज रंगीन र चहकिलो हुँदा लागत बढ्छ नै,’ निःशुल्क वितरण हुने भएकाले विद्यार्थी र तिनका अभिभावकलाई आर्थिक भार नपर्ने उल्लेख गर्दै तिमल्सिनाले भने, ‘तर मूल्यवृद्धि र कर्मचारीको तलब बढेअनुसार छपाइ लागत बढ्न सकेन । निजी छापाखानाले त्यही गुणस्तरका पाठ्यपुस्तक प्रतिपाना १ रुपैयाँ ४५ पैसा लागतमा छपाउँछन् ।’ कर्णाली प्रदेशका पाँच हिमाली जिल्लामा फागुनबाट शैक्षिक सत्र सुरु हुनेछ । त्यसनिम्ति पाठ्यपुस्तक छपाइ प्रक्रिया अघि बढाइएको तिमल्सिनाले बताए ।वैशाखबाट सुरु हुने सत्रका निम्ति समयमै पाठ्यपुस्तक छपाइ सकिने उनले दाबी गरे । कक्षा ५ देखि १० कक्षाका पाठ्यपुस्तक २ करोड थान छापिन्छन् । त्यसैगरी कक्षा १ देखि ४ का पाठ्यपुस्तक प्रतिकक्षा ४ लाखसेट छापिन्छन् ।

२०७६ माघ २१ गते ८:५६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: