A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionah61iplvgd841bmchj06gf1vo258j8o6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सात लाख ७० हजार बालबालिका विद्यालय बाहिर

युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएका छन्। सोमबारदेखि शुक्रबारसम्म नेपाल भ्रमणमा रहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिए। उनले प्राकृतिक प्रकोपको प्रभाव कम गर्न समुदायहरूले आफूलाई सुदृढ बनाउन गरेका प्रयासका बारे पनि जानकारी लिने छन्। संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्य्रान्क वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डरले स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरीबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौती तथा नेपालको बाल अधिकार तथा दिगो विकास लक्ष्यसम्बन्धी विषयमा पनि जानकारी लिएको जनाइएको छ। युनिसेफका अनुसार नेपालले दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेखनीय प्रगति गरे पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन्। पाँचदेखि १२ वर्ष उमेर समूहका करीब सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित छन्। पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्। पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि छन्। युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गका लागि पाँच दसकभन्दा बढीदेखि विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ।

२०७६ माघ २२ गते ८:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: