समाचारमा बालबालिका

चिसो बढेपछि पाँच दिनका लागि बाराका विद्यालय बन्द

चिसो बढेपछि जिल्ला शिक्षा समन्वय समिति बाराले पाँच दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। कलैयामा भएको जिल्ला समन्वय समितिको बैठकले आज सोमबारदेखि २१ पुस शुक्रबार पाँच दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 
चिसो बढेका कारण विद्यालयमा पठनपाठन प्रभावित भएपछि बाराका निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनको लागि बन्द गर्ने निर्णय गरेको हो। जिल्ला शिक्षा समितिका अध्यक्ष नवल किशोर सिंहको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला शिक्षा कार्यालय बाराका प्रमुख लालबाबु साहले जानकारी दिएका छन्।

२०७४ पुस १७ गते प्रकाशित