A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चक्लेट दिन्छु भन्दै घरमा बोलाएर जर्बजस्तीकरणी गर्ने एक व्यक्तिलाई १० वर्ष कैद

सिन्धुपालचोकमा आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्ने एक व्यक्तिलाई जिल्ला अदालतले १० वर्ष कैद सजायँको फैसला गरेको छ । गत असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका ११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए । अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ पीडकबाट क्षतिपूर्त्ति भराउन समेत आदेश दिएको छ । अदालतबाट सजाय पाएका गिरी अपाङ्गता भएका व्यक्ति हुन् ।

बालिकाको गुप्ताङ्ग पाकेपछि धुलिखेल अस्पताल लगेपछि मात्रै उनी बलात्कृत भएको डाक्टरले पुष्टि गरेका थिए । पछि बालिकालाई काउन्सिलिङमा ल्याएर फकाएर सोध्दा गिरीले जबरजस्तीकरणी गरेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।प्रहरीले सबै अनुसन्धान पूरा गरी कात्तिक १२ गते जिल्ला अदालत चौतारामा मुद्दा दर्ता गरेको थियो । जिल्ला न्यायाधीश दिपक खनालको इजलासले गिरीलाई १० वर्ष सजाय र ५० हजार क्षतिपूर्त्ति तिराउन फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिए । जर्बजस्तीकरणीको मुद्दामा अदालतले यो सबैभन्दा छिटो फैसला गरेको मुद्दा भएको महिला तथा बालबालिका विकास कार्यालय कि नानीमैया बस्नेतले बताइन् ।

२०७४ पुस १२ गते प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: