A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session64eo33enjr8dg2a26d4d6lp4k90smvob): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एक महिनाभित्र आधा दर्जन चोरीका घटनामा संलग्न १६ वर्षीय युवक पक्राउ

प्रहरीले करिब एक महिनादेखि बाग्लुङ बजारको आधा दर्जन स्थानमा भएका चोरीको घटनामा संलग्न एक युवालाई चोरीका सामानसहित पक्राउ गरेको छ। बाग्लुङ नगरपालिका वडा नम्बर- २ लालिगुराँस चोकमा डेरा गरी बस्ने जैमिनी नगरपालिका-१ का १६ वर्षीय टेकबहादुर किसानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत मंसिर २० गतेदेखि पुस १३ गतेसम्म बाग्लुङ बजारका विभिन्न ६ स्थानमा भएको चोरी घटनामा उनी संलग्न भएको देखिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए। विभिन्न पसल, सवारी साधान, होटल तथा घरबाट नगद, सुनका गरगहना, रिचार्ज कार्ड, जिन्सी सामान र बैंकको चेक चोरी भएको उजुरीपछि अध्ययन थालेको प्रहरीले उनलाई आफ्नै डेराबाट पक्राउ गरेको हो। उनको साथबाट नगद १३ हजार २ सय चालिस रुपैयाँ रकमसहित सुनको मंगलसुत्र, तथा एक दर्जनभन्दा बढी प्रकारका अन्य विभिन्न जिन्सी सामान बरामद भएको एसपी रेग्मीले बताए। ‘ऊ बस्ने डेराबाट हामीले नगद रकमसहित मंगलसुत्र, नेपाल बैंकको चेक, रिचार्ज कार्ड, गाडीमा प्रयोग हुने म्युजिक प्लेयरका सामान तथा कागजात, गिफ्ट आईटम तथा होटेल र पसलका अन्य सामग्री जफत गरेका छौँ,’ रेग्मीले भने, ‘आइतबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धानको प्रक्रिया अघि बढाउँछौँ।’ उनीमाथि सरकारी वकिलमार्फत चोरी मुद्दा दर्ता हुने रेग्मीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानबाट उनी बाग्लुङ बजारका विभिन्न ठाउँमा भएका चोरी घटनामा संलग्न भएको देखिएको प्रहरीको भनाइ छ। रातको समयमा सवारी साधन, पसल, होटल तथा घरको ताला तोडेर चोरी भएपछि यसबारे अनुसन्धान गर्न बाग्लुङ प्रहरीले प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीको नेतृत्वमा छुट्टै छानविन टोली बनाएर अध्ययन थालेको थियो ।

२०७४ पुस १६ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: