A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond8r758i2a7cc1imqkdhneu0aa2b8p9v9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गोलबजार खुला दिशामुक्त घोषणा गर्दा नगरका सबै विद्यालय ठप्प

एक भड्किलो समारोहबीच आइतबार सिरहाको गोलबजार नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ। एकै दिन ३, ४, ५, ६ र १० गरी पाँच वडासहित गोलबजार नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो।
सन् २०१६ मै जिल्लालाई खुल्ला दिशा मुक्त गर्ने लक्ष्य थियो। तर, सम्भव नभएपछि एकवर्ष समयावधि बढायो। सन् २०१८ को अघिल्लो दिनसम्म पनि अभियान सफल भएन्। सिरहामा अहिले पनि अधिकांश नगरपालिका र गाउँपालिकाका जनता खुल्ला रुपमै सौच गर्छन्। तर कतिपय नगरपालिका र गाउँपालिकाले घरघरमा शौचालय नबने पनि हतार–हतार हचुवाको भरमा कागजमै भएपनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा धमाधम गरिरहेका छन्। दुई वर्षमा ८ वडा मात्र घोषणा गर्न सकेका गोलबजारले एक दिनमै पाँच वटा वडा खुल्ला दिशामुक्त घोषणा गरेपछि यसको पुष्टि हुन्छ। गोलबजारका कार्यकारी अधिकृत गिरीराज ज्ञवाली भन्छन्, ‘१३ वडा रहेको यो नगरपालिकामा ९ हजार ८ सय ८० घरधुरी छन्। सबै घरमा शौचालय बनिसकेपछि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका छौ।’ तर स्थानीयले हचुवाको भरमा एकै दिन पाँच वडासहित नगरपालिका खुल्ला दिशामुक्त घोषणा गरिएको दाबी गर्छन्। स्थानीय गणेश साहले ४० प्रतिशत घरमा अझै शौचालय बन्न नसकेको दाबी गरेका छन्। कार्यक्रमका लागि बनाइएको स्टेज सयपत्री फूलले दुलही झै मात्र सिंगारिको थिएन्, दर्जनौं अतिथिलाई ‘पाग’ लगाएर सम्मान गरियो। मिथिला संस्कृति अनुसार विशेष विवाह तथा अन्य भव्य समारोहमा ‘पाग’ लगाएर सम्मान गरिदिने चलन छ। तर, लोप हुनलागेको यो संस्कृति खुल्ला दिशामुक्त कार्यक्रममा देखेपछि उपस्थिति सहभागिहरु अचम्मित भएका थिए । कार्यक्रममा करिब ५० हजार खर्च गरेर जनकपुरबाट ‘हेलो मिथिला’का कलाकार उपस्थित गराइएको थियो । कलाकारहरुले विभिन्न मैथिला तथा नेपाली गीतमा नृत्य र नाटक प्रस्तुत गरेका छन्। सबै वडा खुल्ला दिशामुक्त घोषणा गर्न सांस्कृतिक कार्यक्रम, प्रमाणपत्र र सत्रयपत्री फूलको मालामा मात्रै करिब १० लाखभन्दा बढी खर्च भएको सोही नगरका एक कर्मचारीले बताए। 

सबै विद्यालय ठप्प
खुल्ला दिशामुक्त क्षेत्र घोषणा समारोहमा सहभागी हुन गोलबजार नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ। नगर क्षेत्रका विभिन्न विद्यालयका हजारौं विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए। कतिपय साना कक्षाका विद्यार्थी भोकले छटपटाइ रहेका थिए। कतिपय बालबालिकाले चाउचाउ किनेर खाइरहेको दृष्य पनि देखियो । गोलबजार स्थित जनता आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत अजय साहले शिक्षकको आग्रह अनुसार कार्यक्रममा आफूलगायत सबै विद्यार्थी आएको बताए। उनले भने, ‘सबै विषय पढाइ हुन्छ भनेर सबै विषयका किताब बोकेर गएका थियौं। तर, गणित विषय मात्र पढाएर सरले यहाँ ९कार्यक्रममा० ल्याउनुभयो।’ कार्यक्रममा उपस्थितिका लागि नगरपालिकाले सबै विद्यालयलाई नै पत्र काटेको समेत खुलेको छ ।

२०७४ पुस १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: