समाचारमा बालबालिका

जवरजस्ती करणी गर्ने एक पक्राउ

नुवाकोटको त्रिशूलीमा स्कुले छात्रालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन्। विदुर नगरपालिका वडा नं। १ त्रिशूली पूरानो बजारमा स्थानीय एक स्कुले बालिकालाई जवरजस्ती करणी गर्ने युवकलाई पक्राउ गरी कारवाहीको लागि मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ। स्थानीय १४ वर्षीया स्कुले छात्रालाई जवरजस्ती करणी गरेका कारण सोही स्थानका १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरि कारवाहीका लागि जवरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक वसन्तवहादुर कुंवरले जानकारी दिए। तामाङले मंगलवार राति स्थानीय त्रिभुवन त्रिशूली माविको खुल्ला चौरमा लगेर स्कुले छात्रालाई बलात्कार गरेको पीडित परिवारजनले बताएका छन्।तामाङ स्थानीय विद्यालयमा कक्षा ११ र पीडित छात्रा कक्षा सातमा अध्ययनरत भएको जनाइएको छ । 

२०७४ पुस १३ गते प्रकाशित