A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionetma8fuuhj4974s7vi2po1crdfvs47go): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेन्च-डेस्क नपाएर विद्यार्थीको बिजोग

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायःजसो आधारभूत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्यांग्रिँदो चिसोमा पनि बालबालिका भुइँमा बोरा ओछ्याएर बस्न बाध्य छन् । छिन्नमस्ता गाउँपालिकाको महुवास्थित बिपी राप्राविमा आइतबार बालविकास कक्षामा उपस्थित २१ जना बालबालिका चिसो भुइँमै बसेर पढिराखेका थिए । उनीहरू सबै पाँच वर्ष उमेरमुनिका हुन् । तीमध्ये घरबाट बोरा लिएर आएका केही बोरामा र बाँकी चिसो भुइँमै बसेका थिए ।

  बेच्न, डेस्क त परै जाओस् ओछ्याउन कार्पेट पनि नभएको प्रधानाध्यापक सुरेन्द्र मण्डलले बताए । ‘विद्यालयसँग आम्दानीको स्रोत केही पनि छैन’, उनले भने, ‘अन्य निकायबाट पनि खासै सहयोग नपाउँदा बालबालिकालाई बस्न पनि समस्या भएको ।’ चिसो मौसममा कलिला बालबालिकालाई भुइँमै बसालेर पढाउनुपर्दा आफैंलाई पीडा भइरहेको उनले बताए । बेन्च, डेस्क नहुँदा समस्या भएको जानकारी जिल्ला शिक्षा कार्यालयलगायत निकायलाई गराउँदा पनि सुनुवाइ नभएको गुनासो उनले सुनाए ।  बलान विहुल गाउँपालिकाअन्तर्गत बेल्ही गाउँस्थित सलहेस दलित राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था पनि यस्तै छ । २०६१ सालमा स्थापित सो विद्यालयमा पढ्ने विद्यार्थी घरबाटै बोरा लिएर जान्छन् । डेस्कबेन्च नभएका कारण विद्यार्थी भुइँमै बोरा डोसाएर बस्नुपर्ने बाध्यता छ । कक्षा कोठा पनि सफा छैनन्, धुलैधुलो  छ । विद्यालय सुधारका लागि न शिक्षा कार्यालयको ध्यान पुगेको छ न स्थानीयवासी र विद्यालय प्रशासनकै । दिनभर फोहोर र चिसो भुइँमा बसेर पढनुपर्ने बाध्यताका  कारण प्रायः विद्यार्थी  बिरामी परिरहने स्थानीय अगुवा उपेन्द्र पासवानले बताए ।  बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा १ सय ९ विद्यार्थी छन् । विद्यालयमा कक्षा कोठा अभावका कारण ३ वटा कक्षा एउटै कोठामा चलाउनुपरेको प्रधानाध्यापक बालेश्वर यादवले बताए ।     जिल्ला शिक्षा कार्यालयले आवश्यक बजेट नदिँदा यस्तो समस्या भएको उनको भनाइ छ । उनी भन्छन्, ‘न शिक्षा कार्यालयबाटै बजेट आउँछ न त विद्यालयको आफ्नै सम्पति छ, अनि कसरी सुधार्नु त विद्यालयको को अवस्था ? 

  पैसा हुनेले निजी स्कुलमा बालबालिका पढाउने गरेका छन् । गरिब र दलितका बालबालिका अध्ययन गर्ने विद्यालयको भौतिक पूर्वाधार सुधार र पढाइ स्तर उकास्न स्थानीय तहबाट पनि खासै पहल भएको देखिँदैन । बेल्हीसँगै जोडिएको मौवाहा गाउँ गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा जन्मिएको ठाउँ हो । झाको घर छेउमै राजेश्वरी निम्न माध्यमिक विद्यालय छ । कक्षा–८ सम्म पढाइ हुने सो विद्यालयमा झण्डै साढे तीन सय बालबालिका अध्ययनरत छन् । तर विद्यालयको भौतिक पूर्वाधार अवस्था भने निकै नाजुक छ । बेन्च, डेस्क छैनन् । भुइँमा ओछ्याउन कार्पेट व्यवस्थापन गर्न पनि विद्यालयले सकेको छैन । बालबालिकासँग चिसो भुइँमा बस्नुको विकल्प छैन । हामीसँग पर्याप्त बेन्च, डेस्क छैनन्, बच्चालाई आफ्नै घरबाट बोरा ल्याउन भनेका छौं’, सहायक प्रधानाध्यापक सदानन्द झाले भने, ‘उनीहरूलाई भुइँमा बसाउनेबाहेक विकल्प छैन्, हामी के गरौं ।’ झाका अनुसार हाल विद्यालयमा २० सेटमात्रै बेन्च–डेस्क छन् । ‘३ सय ६५ बालबालिका स्कुल आउँछन्, बेन्च–डेस्क २० वटामात्र छन् । यतिले सबैलाई पुग्दैन’, झाले भने, ‘बालविकासदेखि लिएर कक्षा ४ सम्मका विद्यार्थीलाई घरबाटै बोरा ल्याउन भनेका छौं, बाँकीलाई जसोतसो प्रबन्ध मिलाएका छौं । विद्यालयमा सञ्चालित बालविकास कक्षामा ८८ जना बालबालिका छन् । उनीहरूलाई भुइँमै वा बोरा ओछ्याएर बस्नुपर्ने बाध्यता रहेको वालविकास केन्द्रकी सहजकर्ता श्यामाकुमारी गुप्ताले बताइन् । ०६६ देखि यो विद्यालयमा बालविकास कक्ष सञ्चालनमा आएको हो । सुरुदेखि नै बालबालिका भुइँमै बस्दै आएको उनको भनाइ छ । विद्यालयमा बालविकास कक्षा सञ्चालन भए पनि बालविकास केन्द्र भन्नलायक कुनै पूर्वाधार भेटिँदैन् । खेलकुद र मनोरन्जनका साथ शिक्षा प्रदान गर्नुपर्ने भए पनि केन्द्रमा त्यो सुविधा छैन । खासगरी गाउँका दलित, विपन्न र निमुखाका छोराछोरी सरकारी आधारमूत विद्यालयमा पढने गरेकाले पनि त्यहाँ पूर्वाधार विकासमा ‘हुनेखाने र ठूलाबडा’  हरूले खासै ध्यान नदिएको गुप्ताले बताइन् । ‘यस्तो कठ्यांग्रिँदो चिसोमा पनि सानासाना बालबालिका भुइँमा बस्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘अभिभावक भेला, गाउँ परिषद्लगायत कार्यक्रममा कयांैपटक गएर कम्तीमा बालविकास कक्षाका लागि कम्तीमा कार्पेटसम्मको व्यवस्था गरिदिनुस् भन्दा पनि कसैले सुनेनन् । जिल्ला शिक्षा कार्यालयबाट बर्सेनि हुने बजेट विनियोजनका अतिरिक्त स्थानीय तह, संसदीय क्षेत्र विकास कोष र विभिन्न दातृ निकायले  सप्तरीको शैक्षिक विकासका लागि भन्दै करोडौं खर्चिरहेको अवस्थामा दलित, विपन्न बाहुल्य बस्तीका विद्यालयमा भौतिक पूर्वाधार र शिक्षाको स्तर नाजुक हुनुले शिक्षाका नाममा आएको बजेट सदुपयोग हुन नसकेको पूर्वशिक्षक अमरनाथ झा बताउँछन् । सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डे भने विद्यार्थी भुइँमा बस्नुपर्ने समस्या समाधानका लागि गम्भीरतापूर्वक अघि सरेको बताए । ४ वटा विद्यालयमा कार्पेट राख्ने काम थालिएको जानकारी उनले दिए ।

२०७४ पुस १७ गते ०८:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: