समाचारमा बालबालिका

छुरी प्रहार गरी छोराको हत्या

 कमलविनायकमा आफ्नै बुबाले छुरी प्रहार गरी छोराको हत्या गरेका छन्। चाँगुनारायण–५ खरिपाटी घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३५ वर्षीया पलमान गिरीले विरामी भई सुतिरहेका अवस्थामा १२ वषीय छोरा प्रतिक गिरीलाई छुरी प्रहार गरी हत्या गरेका हुन्। छुरीको प्रहार घाइते भएका प्रतिकलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। उनलाई थप उपचारका लागि सिनामंगल काठमाडौं मेडिकल कलेजमा लगिएकोमा उपचारकै मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत सुशिल कुमार पाण्डेले जानकारी दिए। हत्याको अभियोगमा पहलमान गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ। 

२०७५ जेठ २७ गते प्रकाशित