A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionou5tf27scidajdq5tqjba8gtpdfj2g13): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि बिहानी सत्रमा पढाइ

जिल्लाको गोरखा नगरपालिका १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा बुधबारदेखि विहानी सत्रमा पठनपाठन सुरु गरिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुनथालेपछि विद्यालयले विहानी सत्रमा पठनपाठन सुरु गरेको हो। ‘असाध्यै गर्मी बढ्यो’ शिक्षक दीपक पराजुलीले भने ‘जस्ताले छाएको टहरोमा बस्न, पढ्न र पढाउन गाह्रो भयो। विद्यार्थी बेहोस् नै हुन थाले। विद्यार्थी गर्मीले बेहोस हुन थालेपछि विहानी कक्षा सुरु गरेका हौँ।’ विहानी कक्षा सुरु गर्नका लागि वडा कार्यालयमार्फत गोरखा नगरपालिकाको कार्यालयमा जानकारी गराइसकिएको शिक्षक पराजुलीले जानकारी दिए। भूकम्पले ध्वस्त उक्त विद्यालय हाल निर्माणाधीन छ। जापान सरकारको सहयोगी निकाय जाइकाको सहयोगमा विद्यालय बन्दै छ। तीन वर्षअघि गोरखाकै बारपाकलाई केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पले विद्यालय ध्वस्त पारेपछि विद्यार्थी अहिले जस्तापाताको टहरोमा बसेर पढ्न बाध्य छन्। ‘दिउँसो जस्तापाता तातेर बस्नै नसक्ने हुन्छ’ उनले भने ‘विहान त समस्या हुँदैन। हामीले इसीडी कक्षादेखि १२ कक्षासम्मकै पढाइ विहानी सत्रमा गर्न थालेका हौँ।’ भदौ मसान्तसम्म विहानी सत्रमा विहान ५स्४५ बजेदेखि ११ बजेसम्म पठनपाठन हुने विद्यालयले जनाएको छ। भूकम्पपछि निर्माणाधीन रहेका गोरखाका अधिकांश विद्यालयको समस्या उस्तै छ। सबै विद्यालयका विद्यार्थीहरू जस्तापाताले बारेको र छाएको टहरोमा बसेर पढ्न बाध्य छन्। गोरखा नगरपालिकाका केही विद्यालयहरूसँगै पालुङ्टार नगरपालिका, सिरान्चोक गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिका र आरुघाट गाउँपालिकाका विद्यालयमा गर्मीका कारण पठनपाठनमा समस्या भएको विद्यालयहरूले जनाएका छन्। भूकम्पपछि गोरखाको ४४९ वटा विद्यालय पुननिर्माण गर्नुपर्ने गरी ध्वस्त पारेको थियो।

२०७५ जेठ ३१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: