A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfmd7uaic83v1cvbobo9vosru16rg9ugv): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन् । शिक्षकका दैनिक क्रियाकलाप विद्यार्थीले नजिकबाट नियालेर बसेका हुन्छन् भने उनीहरुको मूल्यांकनसमेत गरेका हुन्छन् भन्ने कुरा अनुगमनका क्रममा देखिएको छ । विद्यालयको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिका बारेमा अनुगमन गर्न पुगेको टोलीसँग विद्यार्थीले आफूहरुलाई राम्रो शिक्षण गराउने शिक्षकको मुक्तकण्ठले प्रशंसा गरे भने ठगी गर्ने शिक्षकका सबै कर्तुत खोलिदिए । “विद्यार्थीले राम्रोसँग अध्यापन गराउने र कक्षाकोठामा ठगी गर्ने शिक्षकका बारेमा रेकर्ड राखेरै विवरण दिए” नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले भन्नुभयो– “आफ्नोबारेमा विद्यार्थीले रेकर्ड राखेका हुन्छन् भन्ने सोचेर शिक्षकले कक्षाकोठामा पुगेरे मेहनतका साथ पढाउन जरुरी छ ।”अनुगमन टोलीले जनता सुदर्शन मावि, खौलालाँकुरी मावि, पञ्चकोशी माविलगायतका विद्यालयका कक्षाकोठामा पुगेर शैक्षिक गुणस्तर, शिक्षण सिकाइ उपलब्धिका बारेमा जानकारी लिएका थिए । “शिक्षकले आफ्ना आनीबानीदेखि पठनपाठन गर्न जाँदा राम्रो तयारी गरेर जानुपर्ने आवश्यकता देखियो” अधिकृत क्षेत्रीले भने । अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि असल अभ्यास पनि भइरहेको भेटिएको थियो भने धेरै राम्रा विद्यार्थी पनि भेटिएका थिए । उनीहरुका लागि उपयुक्त वातावरण शिक्षक, विद्यालय र अभिभावकले दिने हो भने धेरै सुधार गरेर जान सकिने सम्भाबना रहेको स्रोत व्यक्ति प्रेम शर्मा सुवेदीले बताए । “सामुदायिक विद्यालयले पनि गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेका छन्” उहाँले भन्नुभयो “यसलाई निरन्तरता दिँदै थप असल अभ्यास गर्न जरुरी देखिएको छ ।” अनुगमनका क्रममा विद्यार्थीको सिकाइस्तर कस्तो छ, विद्यालयमा के कस्ता समस्या छन्, त्यसको समाधानका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ, विद्यालयका भौतिकलगायत अन्य क्षेत्रमा के कसरी सुधार गर्न सकिन्छ भने वारेमा सरोकारवालाबीच छलफलसमेत गरिएको थियो । अनुगमनका क्रममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, रामप्रसाद लामिछाने र कुमार उपाध्याय तथा सञ्चारकर्मीको सहभागिता थियो । विद्यालयका असल अभ्यासलाई अन्य विद्यालयमा लैजाने र समस्यामा रहेका विद्यालयलाई पनि असल अभ्यासका लागि प्रेरित गर्न अनुगमन प्रभावकारी भएको अर्का स्रोत व्यक्ति कुमार उपाध्यायले बताए । 

२०७५ जेठ २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: