A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जंगलमा बालकको शव, घटना रहस्यमय

बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो। कोहलपुर प्रहरीका अनुसार आइतबार साँझ करिब ६ बजे बालुवा बोकेको ट्रयाक्टरबाट खसेर दुर्घटना हुँदा बालकको मृत्यु भयो । मृत्यु भएपछि बालकको शव लुकाइएको अनुसन्धानबाट खुलेको कोहलपुर प्रहरी प्रमुख डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए। स्थानीय र प्रहरीले खोजतलास गरेपछि मध्यरात जंगलमा शव फेला पारेका थिए । स्थानीय नवीन खड्काका अनुसार सोही ठाउँमा ४/५ पटकसम्म खोज्दा शव भेटिएको थिएन । बालकको चप्पल, कपडा र शव फरक–फरक ठाउँमा भेटिएको छ । बालकको शव गाडेर पुनः निकाली जंगलमा फालिएको आशंका स्थानीयले गरेका छन् । खोला किनारमा ३ वटा बेल्चासमेत भेटिएको स्थानीयको भनाइ छ । चालकको लाइसेन्स नभएकाले शव लुकाइएको हुन सक्ने स्थानीय बताउँछन् । चालक र गाडी धनी फरार छन् । शव लुकाउन सहयोग गर्ने लेबरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै भे १ त ६१६७ नम्बरको ट्रयाक्टर पनि प्रहरीको नियन्त्रणमा छ । अनुसन्धान जारी रहेको डिएसपी भट्टराईले बताए ।

 २०७५ जेठ २८ गते ११:२४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: