A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चार जोडीको विवाह रोकियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतबार चार जोडीको विवाह रोकिएको छ । जिल्लामा रहेको बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो । चौरजहारी नगरपालिका–१२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवककाबीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल सञ्जाल संरक्षण समितिको अध्यक्ष मनमोहन शाहले जानकारी दिनुभयो । यस्तै, वडा नं १४ का १८ वर्षीय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह तथा चौरजहारी नगरपालिका– १० का किशोर किशोरीका बीच हुन लागेको विवाहसमेत बाल सञ्जालले रोकेर उनीहरुका आफन्तका जिम्मा लगाइएको छ । यसैगरी, वडा नं– १३ का १७ वर्षीय युवक र १७ वर्षकै युवतीबीचको विवाह समेत बाल सञ्जालले रोकेको शाहले बताउनुभयो । उनीहरुले उमेर नपुगेर गरेकोले वडा कार्यालयको रोहवरमा विवाह रोकेर आफन्तको जिम्मा लगाइएको हो । “नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि बाल सञ्जाललाई सक्रिय पारेका छौँ,” शाहले भन्नुभयो । रुकुमेली समाज विकास केन्द्रले यस क्षेत्रमा विगत दुई वर्षदेखि बाल सञ्जाल मार्फत कार्यक्रम गर्दै आएको छ ।

२०७५ जेठ २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: